17 October, 2008

पानी र शुद्ध पानी

Bottle waterम गुणस्तरको सामान वा खाद्य पदार्थहरु हाम्रा जास्तो तेस्रो विश्‍वका वजारमा मात्रै विक्छन र कडा कानून भएका वा विकसित मुलुकमा यस्तो कार्य हुदैंन भनेर तपाई सोच्नुहुन्छ भने त्यो नितान्त गलत सिद्ध हुनेछ ।

कडा कानून भएको देस चीनको विषाक्त दूधको समाचार ओझेल पर्नु अगाडी नै, संसारकै अति विकसित र उपभोक्ताको हक हितको दृष्टिकोणबाट स्वर्ग मानिने मुलुक संयुक्त राज्य अमेरिकाबाट यौटा यस्तै खवर आएको छ ।

यतिबेला कुरा पानी को हो, हो ! बोतलमा प्याक गरीएको पिउने पानी । अमेरिका, जहाँ बोतलमा प्याक गरीएको पानी, साधारण धारामा आउने पानि भन्दा करिव १५०० गुणा महंगो पर्छ, भित्र विभीन्न हानिकारक रसायन र जैविक तत्वहरु भेटिएको छ।  

रिपोर्टको अनुशार North Carolina, California, Virginia, Delaware र Maryland बाट संकलन गरीएका यस्ता पानीमा क्यान्सर रोग निम्त्याउन सक्ने तत्वको मात्रा तोकिऐको मापदण्ड भन्दा ज्यादै उच्च रहेको छ ।

करिव दुई बर्षको समय लगाएर गरिएको यो अध्ययन वासीङटनको यौटा गैह्र नाफा मुलक संस्था Environmental Working Group (EWG) ले गरेको हो र अक्टोबर १५ मा सो संस्थाको वेबसाईटमा राखीएको थीयो ।

जाँच गरीएका १० ब्र्याण्डका बोतलहरुमा ३८ प्रकारका अशुद्धीहरु फेला परेका थीए र रिपोर्टमा बोतलमा बन्द गरीएका पानी धारामा आउने पानि भन्दा 'शुद्ध' नभएको जिकिर गरीएको छ।

अमेरिकामा बोतलमा बन्द पानिको बजार करिव १२ अरब डलरको रहेको अनुमान गरिन्छ र उपभोक्ताको हिसाबबाट हेर्दा यो १२ अरब डलरमा सबै धाराको साधारण पानी बिकिरहेको छ कि गुणस्तरीय पानी त्यो भने हेर्न बाँकि नै छ।

अहिलेलाई भने यो रिपोर्ट जस्ताको त्यस्तै हेर्न यहाँ जानुहोला ।

4 comments:

  1. ब्यापार गर्नेले फाईदाकै कुरा हेर्ने न हुन् चाहे ति नेपालका हुन् या अमेरिकाका । अनि अमेरिका भनेरै मात्र कहाँ भो र ? अमेरिकिहरुको क्रय क्षमता ह्रास हुँदै मात्र जाँदै छैन यो देशनै दिन दिनै मगन्तेको देशमा परिणत हुँदै जाँदैछ । यस्तो परिस्थितीले बजारमा कम मुल्यको सामान लैजानुपर्ने अवस्था निकाल्छ भने त्यस्तो अवस्थाले कम गुणस्तरको सामान उत्पादन गर्नुपर्ने बाध्यता । यो त्यस्तै भएको हुनुपर्छ ।

    ReplyDelete
  2. सबैतिर को हालत एकै छ ! सबैलाइ कमाउने मात्र ध्यान छ ।

    ReplyDelete
  3. हाम्रो सोचाइको अमेरिका र वास्तवको अमेरिका फरक छ कि क्या हो जस्तो लाग्न थाल्यो मलाई अचेल । राम्रा कुराभन्दा नराम्रा कुरा सुन्न पाइन्छ अचेल । जहाँ गएपनि नखानुपर्ने कुरा खुवाएरै मार्ने भए ।

    ReplyDelete
  4. This is a great work in Nepali blogging.

    I have created a Nepali social bookmarking site like digg.com. Its goreto.co.cc . You can share your blog posts on this and get more traffic to your site.

    I request Nepali bloggers to join the site goreto.co.cc and start sharing news now.

    ReplyDelete