08 August, 2008

अपराध गर्नु र सहनु दुबै गलत हो।

लाई लाग्छ, हाम्रा नेताहरुको मात्रै हैन हामी नेपाली जनताको स्मरण शक्ति पनि कमजोर छ र हामिहरु कुनै पनि कुरा छिट्टै बिर्सन ‘माहिर’ छौं।

एउटा समुन्द्रको छाल सरी हाम्रो मनमा भावहरु उठछन, चारैतिर फैलिन्छन अनि किनारा लागेपछि फेरि त्यो जोश, जाँगर र हाम्रो देशभक्ति समेत बिलाउँछ ।

‍प्रसंग फेरी चरेषानन्द कै, केहि समय अगाडि निजले बिदेशी भाषामा सपथ लिएर श्‍वदेसको सम्मानित पदमा आसिन हुने दुस्साहस गरे। नेपालमा मात्रै होईन संसारभरि छरिएर रहेका नेपालिहरु भएको स्थानको राजनैतीक तापक्रम एक्कैचोटि ह्वात्त बढ्यो । पत्र-पत्रीका, वेबपेज, ब्लगहरु सबै तिनका बिरोधले भरीए, टाएर जलाईयो, बन्दको आह्वान गरियो र राष्ट्रियताको लहर सर्बत्र फैलीयो । यि सबका बाबजुद न त ती ‘ठीस’ले गल्ती स्विकारे, न माफी मागे, न त तिनलाई राष्ट्र भाषा र मातृभाषाको अपमान गरेकोमा कुनै लज्जा नै महशुस भयो ।

बिरोधमा जारि आन्दोलनलाई अन्य दलका स्वामिभक्तहरुले बिभिन्न तर्क र बहानमा मत्थर पारे । संसारभरिका नेपालिहरु पून एक्कैचोटि शान्ति मार्गमा हिडें। बन्द- हडताल, बिरोध- चक्काजाम सबै बन्द भयो । जे होस अदालतमा मुद्दा बिचाराधिन रहेकोले सबैको ध्यान त्यतै तर्फ गयो।

एक जमानामा न्यायाधिश भएर फैसला र आदेश सुनाउन अभ्यस्त झा ले तुरुन्तै मालिकसंग अगाडि के गर्ने भनेर आदेश मागे । मालीकले नेपालको संविधानलाई नै नमानिकन उनको भाषामा सपथ लीईसकेपछि नेपालको कानुन मान्ने के जरुरत छ र ! भन्ने गुरुमन्त्र दिएपछि यि ‘ठीस’ले अदालतको पनि ठाडै अपहेलना गर्दै निश्‍चीत समयमा कुनै जबाफ पेश गरेनन् ।

यो ठाडो प्रहार हुंदा अब हामि भने केहि समय अगाडिको जोश, जाँगर सबलाई तिलान्जली दिएर सबै कुरा बिर्सेर बस्ने स्थितिमा पुगेका छौं, मानौं हामिले एकचोटि बिरोध गर्नु पर्थ्यो त्यो गरिसक्यौं, अब जे सुकै होस!

मलाई लाग्दैछ जबसम्म देशमा संबिधान र कानुनको उलंघन जारि रहन्छ र यि झा जस्ता ‘ठीस’ स्वामिभक्तहरु ठिक ठाउँमा आउदैनन् तबसम्म बिरोध जारि हुनुपर्छ । भनिन्छ नि अपराध गर्नु र सहनु दुबै गलत हो। त्यसैले म आफ्नो यो टाँसो मार्फत आ‍फ्ना सबै ब्लगर मित्र र प्रबुद्द पाठकहरुलाई नेपालको कानुनलाई समेत अटेर गरी नेपालकै उच्च पदमा आसिन भै रहने यि ‘ठीस’ झा को आ-आफ्नो स्थानबाट बिरोध जारि राख्न आह्वान गर्दछु । जय नेपाल !

2 comments:

  1. तपाईं संग एकदमै सहमत छु म भलै पुन यो विषयमा ब्लगमा लेखिहालेको छैन तर म सोच्दैथिएँ यो विषयमा मैले पुन लेख्नैपर्छ भनेर र सर्वोच्चलाई समेत अवज्ञा गरिसकेपछि त्यो चरेसानन्दलाई राज्य द्वारा के गरिन्छ त ( हेर्दा त त्यसै छोडिन्छ जस्तो देखिएको छ । ) ? भन्ने कुरेर लेख्ने हो कि पनि भन्दैथिएं तर त्यसको विरोधमा उठेको आवाज त्यसै सेलाएर कहाँ जान्छ र ?

    ReplyDelete
  2. ( you have been added to Hamro Circle!)

    Your Blog is very nice! 3 column blog.

    HAPPY BLOGGING!

    ReplyDelete