05 March, 2009

‘साईड ईफेक्ट’

यौटा गैह्र सरकारी संस्थानको आयोजन, स्वदेशी बिद्धानहरुको संयोजन र बिदेशी दाताको प्रायोजनमा त्यो गाँउमा बालश्रमको बिषय लाई लिएर यौटा बिचार गोष्ठि भयो ।

बालहितको नारा, अविभावकले लिनु पर्ने अविभारा र अन्तराष्ट्रिय बिचारधारालाई दृष्टिगत गर्दा बालबालीकालाई श्रममा लगाउन नमिल्ने देखिएकोले गोष्ठिको अन्तिम दिन अब उप्रान्त त्यस गाँउमा बालबालीकाहरुलाई कुनैपनि किसीमको श्रममा नलगाउने र लाग्न नदिने निर्णय भयो ।

खर्च जुर्टाईदिने दाता, समाज सुधारक भनेर चिनीएका नेता र आयोजक कार्यकर्ताले करतल ध्वनीका साथ सो निर्णयको स्वागत गरे ।

भारी बोकेर गुजारा गर्ने हर्के, गिट्टी कुटेर जिबन धान्ने बिर्खे र उन कातेर हातमुख जोर्ने जितेका परिबार यो निर्णय सुनेर अकमक्क परे ।

उक्त कार्यको 'सफलता' पछि शहर फर्केका संयोजकहरु प्रायोजकको गुण गाउन थाले, प्रायोजकहरुले समाजसेवीको दर्जा पाउन थाले भने आयोजकहरु त्यो भन्न्दा पनि शसक्त अर्को योजना बनाउन थाले ।

उता गाँउमा, दिनभरि गिट्टी कुटेर रातीको पाठशालामा पढने बिर्खेको छोरा बालश्रम उन्मुलन भई काम खोसीएकोले पैसा तिर्न नसक्दा कक्षाबाट निकालीयो । गलैंचाको धागो कातेर बाबुआमा पाल्ने जितेकी छोरी बेकम्मा भई बरालीएर हिडन थाली भने बिरामी आमाको उपचार खर्च जुटाउन अरु कुनै श्रोत नभए पछि हर्केको छोराले पाकेट मार्ने पेशा अपनाउन थाल्यो ।

यता आयोजकहरुले दातालाई दिएको प्रतिबेदनले गाँउमा बालश्रमको अन्त्य भएको देखाँउदै थियो । उता गाँउमा रोजगार खोसीएकोले बाल अपराध मौलांउदै थियो ।

11 comments:

  1. साच्चै नै असल उद्देश्य राखेर मात्र पुग्दो रहेनछ .. ‘साईड ईफेक्ट’मा सुरु मै ध्यान नदिए ब्यर्थ बन्छ सारा प्रयत्न

    ReplyDelete
  2. एभ्रिथिङ्ग ह्याभ साइड इफेक्ट ... ओनली मोर एण्ड लेस

    ...बट युई मस्ट बी केयर एबाउट ड्याट्स साइड इफेक्ट ... इट्स गुड । थ्याक्स ।

    ReplyDelete
  3. बडा सजीब ढँगले उठाउनु भएछ साईड ईफेक्ट भएको कथा । ज्यादै मन पर्यो ।

    ReplyDelete
  4. मलाई पनि ज्यादै मनपर्‍यो यो कथा ॥ तर विषयवस्तु चैँ अलि पुरानो हो कि जस्तो लाग्यो । हुन त सान्दर्भिक नै हो तरपनि धेरै बहस भइसकेको विषय हो । लेखन शैली चैँ धेरै राम्रो लाग्यो दाइ !!

    ReplyDelete
  5. दिलिप जी मज्जाको साइड ईफेक्ट । यस्तै छ यहाँको चलन । के गर्ने मेडिसिन मा त साइड ईफेक्ट अरुको त के कुरा?

    ReplyDelete
  6. सटीक कथा! यस्ता समाजसेवी, दाता, प्रायोजक, एनजीओले देशको दुरावस्थालाई झन गम्भिर बनाउँदै लगेका छन्। समस्याको मूलमा नपुगी सतही र काइते समाधान निकालेपछिको परिणति भनेको यहि हो।

    ReplyDelete
  7. Short but has effectively delivered the message.

    ReplyDelete
  8. Impressive & realistic story! The embedded message is 'seriously' clear & important to our society.

    ReplyDelete
  9. nice topic and really a nice story. people who make the law and regulations do not think about the consequences. before applying any law and regulation the governing body must provide alternative to those people who will have negative effect in their lifestyle. making and implementing a law is not a achievement, positive outcome by that law to the society in very necessary.

    ReplyDelete
  10. साह्रै सजीव बुनाइ ! समस्या समाधान भन्दा झन् बल्झाउने बाटोमा अग्रसर यस्ता टापटिपे अभियानले अविकसित देशमा दाइँ गर्न मजैले पाएका छन् ।

    ReplyDelete
  11. दिलीपजी ? हैन तपाईंका आँङ्नामा यौटा पात्रो थियो नि कता परेछ ? आज तिथी हेरुम् भनेर आ'थें पात्रो त मिल्काईसक्नु भ'छ । अब अन्तै जान पर्ला , आफ्नाँ यौटा पात्रो राखेको छैन क्यार्नु छरछिमेकाँ नै तिथीमिति सोधिखोजी गर्नपर्यो ।

    ReplyDelete