17 February, 2009

A new taste in town !

Gau Mutraकोकाकोला, पेप्सिकोला वा झोलको पछाडि ‘कोला’ आउने वा नआउने कैंयन पेए पदार्थ  बजारमा जताततै पाईन्छन र दिनदिनै यस्ता नयाँ-नयाँ पेए पदार्थहरु बजारमा आउने क्रम जारी छ। आजको यो टाँसोमा म यस्तो कुनै नयाँ पेएको कुरा गर्न जाँदैछु, जुन केहि समय पछि भारतिय बजारमा आउने क्रममा छ । हुन त, हालसम्म यसको मुल्य र नाम समेत तोकीसकीएको छैन तर पनि यो पेए अरुभन्दा एकदमै भिन्न भएकोले त्यसको बारेमा चर्चा गर्दैछु ।

बिगतमा भारतिय बजारमा बिक्ने आयातित बिदेशी ‘कोला’ हरुको बिरुद्ध अभियान नै संचालन गर्ने भारतको “राष्ट्रिय स्वयंसेवक संघ”ले छिट्टै गो-मुत्रबाट बन्ने नयाँ हल्का पेए बजारमा ल्याउने भएको छ । हो!, तपाईले ठीकै पढ्नु भएको छ, यो हल्का पेए गाईको मुत्रबाट बन्ने छ ।

हाल सो पेएको अन्तिम चरणको केहि परिक्षणहरु भैरहेको जानकारीमा आएको छ र करिब ३ महिनाको समयमा सो पेए बजारमा उपलब्ध हुने जानकारी गराईएको छ । हुन त गौ मुत्र आफैमा बिभीन्न रोग नाशक भएको कुरा हिन्दूहरुको प्राचिन pharmacopoeia मानिने चरक संहिता देखि अन्य बिभिन्न ग्रन्थहरुमा पनि पाईन्छ तर पनि सो पेएमा औषधिय गुणबत्ता बढाउन र स्वाद र बास्नाको लागि अमला, घ्युकुमारी आदि पनि प्रयोग गरिने जानकारी समेत प्राप्त भएको छ ।

राष्ट्रिय स्वयंसेवक संघका 'गौ संरक्षण विभाग' का प्रमुख ॐ प्रकासका अनुसार गो मुत्रमा मानव शरीरका कैयौं रोग नाश गर्ने तत्व हुन्छन रे। उनको कुरा पढेपछि मैले पनि गुगलको साहारमा केहि खोज गरें । खोज्दै जादा सन २००२ मा नै अर्का एकजना भारतिय वैज्ञानिकले गो मुत्रको औषधीय प्रयोगको US patent (No 6410059) पनि लीईसकेको पनि थाहा हुन आयो । (यो US patent जस्ताको त्यस्तै PDF मा हेर्न चाहनुहुन्छ भने यहाँ जानु होला ।)

हिन्दू समाजमा पञ्चगब्य र गौमुत्रको सेबनको हजारौं बर्ष पुरानो ईतिहास छ, र यसमा बिभिन्न किट नाशक देखि रोग नाशक तत्व रहेको कुरा सुन्दै आएपनि यस बारेमा भएका वैज्ञानिक परिक्षण र यसका गुणबत्ताको बारेमा मलाई पनि जानकारी थिएन। भनेको र सुनेकोमा मात्रै विश्‍वास नगर्ने पुरानो बानीका कारण गुगल माताकै शरण परेर खोजें । गुगलमा अंग्रेजीमा वा देवनागरीमा ‘गो मुत्र’, ‘गौ मुत्र’ वा ‘cow urine’ लेखेर खोज्दा सोचेको भन्दा बढि र रोचक पेजहरु भेटीए । ती मध्ये यौटामा गौ मुत्रमा २३ भन्दा बढी रसायन र रोग निरोधक तत्वहरु हुने कुरा प्रयोगात्मक परिक्षणबाट सिद्ध भएको भनेर राखिएको छ । जसका अनुसार गौ मुत्रमा नाईट्रोजन, आईरन, पोटासीयम, क्याल्सीयम आदी तत्वहरु हुने र सो बाट रगत सफा हुने, red blood cells बढ्ने, भोक जगाउने मात्रै नभै पत्थरी, मुटु रोग र मृगौला सम्बन्धि रोगमा समेत फाईदा हुने उल्लेख गरीएको छ । यसबारेमा पूर्ण जानकारी लिन सिधै त्यहि साईटमा जानु होला ।

जे होस, अब भने गौ मुत्रमा औषधिय गुणहरु छन भन्दा चाहि त्यसमा शंका नलिए हुने देखियो। तर यो नयाँ बन्न लागेको हल्का पेए भने नचाखीकन के कस्तो छ भन्न गाह्रै होला ! ।

(स्रोत: बिभिन्न भारतिय पत्र पत्रीकाहरु)

14 comments:

  1. रमाइलो लेख रहेछ । हुन त मलाई गौ मुत्र को केही तत्वका बारेमा थाह थियो, तर यसरी पेए पदार्थको रुपामा नै निस्किन लागेको भने थाह थिएन ।
    खै यसले कोक र पेप्सी संग व्यापरिक प्रतिस्पर्दा गर्न सक्ला जस्तो त मलाई एक रति लागेको छैन । आधिकंस त गौ मुत्र छ भनेर नै खांदैनन होला :) बरु पेए पदार्थ नै निकाल्ने हो भने अलि हट्के खालको निकाल्नु पर्छ, energy drink वा medicinal drink genere मा निकाल्दा बरु फाईदा होला । सिधै कोक पेप्सी संग त खोइ यस्को केही future होला जस्तो लागेन मलाई

    ReplyDelete
  2. Quite an interesting & informative post! I agree with Prajwaljee that people will hesitate at first to drink. But, it's India, and we know that Indians are one of the leaders in devising innovative advertisements. Hence, I won't be surprised if this beverage is also branded & publicized aggressively as such it manages to 'earn' its 'share' in the market.

    ReplyDelete
  3. Interesting post!
    In india there are many innovative(?) practices. Not only the 'gau Mutra', people used to drink 'swa-mutra' for medical purpose. Even Gandhi and Morarji Desai fall in this catagory.

    ReplyDelete
  4. अनि दिलिप दाइ !!! यो पेय खान सकिन्छ अरे त ? तिहारको बेलामा मैले एकपटक घरमा गाईको मुत्र खाको। जताबाट खाएँ त्यतैबाट निस्कियो । यो चैँ कसरी खाने होला त खै ??

    ReplyDelete
  5. प्रज्वल जी, म पनि कोक-पेप्सी जस्ता पेएसंग यो 'गौमुत्र' को व्यापारीक प्रतिस्पर्धाको बारेमा चाहि कुनै संभावना देख्‍दिन।

    तर दिपेन्द्र जीले भन्नु भएजस्तै aggressive commercial marketing मा गयो भने र कतैबाट clinical test report आदीको व्यापक प्रचार गर्‍यो भने केहि बजार नलेला भन्न सकिन्न ।

    फेरी यो सुमिरन जीले भन्नुभए जस्तै मोरारजी देसाईको देस हो जहाँ "शिवाम्बु चामृतं दिव्यं जरारोगविनाशनम्‌।" अर्थात 'स्व-मुत्र दिव्य अमृत हो र, बुढ़्याई एवं रोगको नाशक हो' भन्ने युक्ति पनि प्रचलित र लोकप्रिय छ । यस्तो ठाँउमा कुनै दिन कुनै यौटा 'कमर्सीयल बाबा'ले "यो एकदमै राम्रो छ" भनिदिए भने बजारमा हारालुट हुन पनि बेर छैन।

    मुख्य कुरा भनेको प्रवेश जीले भने जस्तै स्वाद कस्तो हुन्छ? । अब यसमा पनि lemon, mango वा vanilla आदी flavor हालीयो भने त जताबाट खायो त्यतैबाट निस्कन्न होला नी ।

    ReplyDelete
  6. दिलिप जी कुरा रोचक् नै लाग्यो। हुन त गौ मुत्र हाम्रो हिन्दु परम्परा अनुसार कुनै कर्मकाण्ड मा सेवन गर्ने या छरकेर शुद्द हुने चलन् पनि नभएको होइन । यो त परम्पराबादि कुरा भयो तर अब यसबाट बन्ने पेय पदार्थले बजार लीने नलीने कुरा त पयोगमा आएपछि नै थाहा होला। जनकारिको लागी धन्यबाद । दिलिप जी ।

    ReplyDelete
  7. अतिवादीहरु भनेका बहुला हुन्! जसले जे भनेपनि मेरो विचारमा चाहिं मूत भनेको मूतनै हो, गाइको होस् या मान्छेको। यो शरीरको विकार हो। यसबाट फाइदा हुन्छ भन्ने कुरा पनि त्यस्तै हो।

    केहि धर्मान्ध हिन्दूहरुले दुई-चार दिन पिउँछन् होला, कतिले आफूले नपिएपनि अरुलाई पिउन बाध्य पार्छन होला। धम्कीका भरमा केहि पसलहरुमा राख्न लगाउलान्। तर केहि समयपछिनै यस्ता 'गौकोला' गोल्खाडी हुने पक्का छ।

    ReplyDelete
  8. पेप्सीको सट्टामा भन्दा नि यो ड्रिंक पूजा, ब्रतबंध, शराद आदिमा गोमूत्रको सट्टा चाहीं प्रयोग गर्न सकिएला की ...

    ReplyDelete
  9. यो तपाई को टासो ...जानकारीमूलक नै रह्यो ....नया कुरा थाहा पाइयो
    ठीकै छ नि त ! अब त्यो पेय पर्दाथ बजारमा आए पछि नै थाह भई हाल्छ नि कस्को अनुमान सही ...होला भनेर , हैन र ?
    सत्यनारायनको पूजामा मैले पनि यसो .....ड्याड को हात बात लिएजस्तो चाहि गरेको थिए ....खोई कताबाट निस्कियो थाहै भएन ..........निल्नै सकिएन |

    ReplyDelete
  10. सिकारु जी, वसन्त जी, मिलन जी र बेदनाथ जी,

    टिप्पणीको लागि धन्यवाद्।

    वसन्त जीको कुरा पढेपछि फेरी सोच्दैछु, यो गोमुत्रमा ति सबै तत्वहरु त छन, तर ति तत्वहरु केवल गाईको मूतमा मात्रै पाईने पक्कै होईन (जस्तै सागपातमा पनि आईरन, गाजरमा क्याल्सीयम आदी)।

    फेरी सोच्दा सोच्दै मनमा बिचार आयो, खानेकुरा, लाउने कुरा देखि लिएर बिष समेत नक्कली पाईने देशमा भोलीको दिनमा यसमा मिसावट हुन थाल्यो भने के के मिसिन्छन सबैले सहज अनुमान गर्न सक्छन ।

    अनि त्यो "गौकोला" भन्ने नाम पढ्दा चाहि साह्रै हाँसो लाग्यो ।

    मिलनजीले भने जस्तै भोलीको दिनमा गोमुत्र चाहिएमा डिपार्टमेन्टल स्टोरमा खोज्नु पर्ने चाहि नहोला भन्न सकिन्न ।

    ReplyDelete
  11. अचम्म चाँहि लागेन तर जानकारीमुलक भने रहेछ ।

    पुर्विय सभ्यता या भनौँ हिन्दु धर्म मा गौमुत्र को विशेष महत्व छँदै छ । परम्परा बसाउने पूर्वजहरुले साँच्चै गज्जब कै काम गरेका छन् । अहिले का वैज्ञानिक पनि उनीहरु कै पाइला पच्छ्याउँदै छन् ।

    गोमुत्र पान बाट केही दिर्घ रोगहरु निको भएको सुन्न पाइएको छ । त्यसो त नेपाल मा "स्वमुत्र पान" गर्ने व्यक्तिहरु को संङ्ख्या पनि कम छैन । आशा छ, यसले बजार चाँहि लिनेछ ।

    ReplyDelete
  12. निकै विचारोत्तेजक टाँसो ! विचार मन्थनले नै यसको महत्ता पुष्टि गरेको छ । मूल कुरा बजारमा यो नयाँ 'कोला' को पकड भन्दा पनि यो कति स्वास्थ्यवर्द्धक र पोषिलो छ भन्ने नै हो । गोरस तथा गोबर औषधिको रूपमा उपयोगी हुने कुरा त मैले सुने र जानेअनुसार सबै गौमातामा लागू हुँदैन । लाभदायक जडिबुटी, झारपात भएको खुला ठाउँमा चरण पाउने गाईबाट मात्र त्यो पाउन सकिन्छ ।

    ReplyDelete
  13. अहो ! 'गौकोला'को हँगामा त गजब रहेछ । मरिच सरिच ईत्यादी हालेर पञ्चामृतको जस्तै स्वादमा निकाल्यो भने नचल्ला भन्न पनि कहाँ सकिन्छ र ? आँखिर मान्छेहरुलाई पैसा खर्च गर्ने अनेक बहाना न चाहिएको छ ।

    ReplyDelete
  14. कोक/पेप्सीले भन्दा त बरु फाइदै गर्ला है यस्तो पेयले !!

    तर खान सकिन्छ र ? (दीपकदाइले भने जस्तै मरिच सरिच हाले त सकिएला पनि !!)

    जे होस्, दिलीपदाइलाई धेरै धेरै धन्यवाद !! :-)

    ReplyDelete