14 May, 2008

आग्रह, चेतावनि र धम्कीको दोहोरी

त्यसो त चेतावनी र धम्की करिव करिव एउटै बाऊका दुई जुम्ल्याहा छोरा जस्तै हुन, तैपनि विषय र प्रसंगको भिन्नता अनुशार कहिलेकाही कूटनैतिक भाषामा धम्किलाई अली लचिलो र कर्ण प्रिय बनाएर 'चेतावनी' भन्ने शब्द प्रयोग गरिन्छ । यदाकदा यो धम्की शब्दलाई साह्रै बिनम्र पार्दा कहिले काहि त्यो 'आग्रह' पनि बन्छ ।

हुन त यी 'आग्रह','चेतावनी' अनि 'धम्की' नेपाली समाज र राजनीतिमा कुनै नौलो कुरा भने पक्कै होईनन् । पहिला आफ्नो कुरा सुन्न आग्रह, नसुने चुप लागेर नबस्ने चेतावनि र त्यसले पनि नपुगे दूर्घटना हुनसक्ने धम्कीहरु हाम्रो समाज र खास गरी राजनीतिका विशेषता वा दाल-भात नै हुन ।

यति सम्मकी एकै चोटी एउटै विषयलाई लिएर पनि भिन्न भिन्न गुट वा दलले यी तिनवटै शब्द पनि फरक फरक अर्थकोलागी प्रयोग गरेका छन ।

केहि समय अगाडिसम्म नेपालमा संबिधान सभाको चुनाव हुने कि नहुने मा शंका थियो र त्यहि बेला एक पक्ष समयमा चुनाव गराउन आग्रह गर्दै थियो, आर्को पक्ष अहिले पनि चुनाव नगराएमा सत्ता कव्जा गर्ने ' चेतावनि ' दिदैं थियो भने तेस्रो पक्ष कुनै पनि हालतमा चुनाव हुन नदिने ' धम्की ', जे होस यो आग्रह, चेतावनि धम्कीहरुको बिचमा पनि चुनाव भयो र कमसेकम अब नया संबिधान बन्ने प्रक्रिया सुरु भएको छ ।

तर नया सभासदहरुको पहीलो बैठक बस्नु अघी नै फेरी हाम्रो राजनीतिमा यी तिन शब्दहरुको भरमार बर्षा हुन थालेको छ, मानौ हामिलाई न अरु कुनै भाषा आउँछ, न बुझ्छौं ।

पहिला पहिला जस्तो आपुर्ती सहज पार्न आग्रह, ईन्धनको मूल्य नघटाए आम हडताल गर्ने चेतावनी वा चन्दा नदिए घर कव्जा गर्ने धम्की भन्दा यो हप्ताका आग्रह, चेतावनिधम्कीहरु केहि फरक छन यो हप्तामा आएका यी आग्रह, चेतावनिधम्कीहरु यस अर्थमा पनि ठुला र चर्चा योग्य छन की यो हालका नेपालका सबै ठुला शक्तिवालाहरुबाट आएको छ।

ल हेर्नुस:

एकातीर माओबादिले राजालाई दरबार छाड्न फेरि आग्रह गरेका छन भने, आर्को तीर तीनै माओबादिको ज्यादतिबाट आजित भएर एमालेले माओबादी आतंक नरोकीए प्रतिकारमा उत्रने चेतावनी दिएको छ ।

त्यति मात्रै कहाँ हो र?

तीन‍-चार दिन अघी माओवादी अध्यक्ष प्रचण्डले आगामी सरकारको नेतृत्व माओवादीलाई गर्न नदिए सडकमा जनता उतारिने चेतावनी के दिएका थिए नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले यसरी धम्क्याईरहे कांग्रेस चुप नबस्ने 'प्रति-चेतावनी' दिईहाले। मलाई लाग्यो अब यो दोहोरि यहि समाप्त हुन्छ, तर भएन, आज फेरी त्यत्तीले नपुगेर हाम्रा प्रदानमुन्तरी ले यसरी जथाभावी बोल्दा शान्तिप्रक्रियामा अशर पर्नसक्ने चेतावनी थपे ।

अब माओबादिको एक अन्तरा बिरुध्द नेपाली कांग्रेसले दुई-दुईवटा अन्तरा गाईसके पछि यो दोहोरी यसै अन्त्य के होला? … हेर्दै जाउँ यो राष्ट्रीय दोहोरिमा फेरी कुन दलले कुन भाखाको गितले जबाफ दिने हुन।

आग्रहि भाखा आजकल कमजोर भएकाले अब केबल चेतावनिधम्कीको भाखा मात्रै चल्ने देखीएकोले अब आउने दिनहरुमा धम्की र चेतावनिको भाखाका निक्कै गितहरु नेपाली राजनैतीक आकाशमा गुन्जिने र 'हिट' हुने लक्षण देखीएको छ । ति नया गितहरु 'रिलिज' भए पछि यहाँ फेरि राखौंला, त्यो भन्दा पहिले केहि अन्तराष्ट्रीय आग्रह, चेतावनि र धम्कि भाखाका यी गित सुन्दै गर्नुहोला :

विखण्डनकारी गतिविधि रोक्न चीनको आग्रह

भुटानी राजालाई नेपाली राजा जस्तो हुने चेतावनी

5 comments:

  1. आग्रह, चेतावनि र धम्कीहरु - यी सटिक विश्लेषण तथा व्यङ्ग्य को लागि धन्यवाद ! वास्तवमा भन्ने हो भने परिस्थिति अनुसार एउटै कुरालाई धेरै तरिका बाट भन्ने गरिएको छ । जस्तो कि ; भान्सा भयो, खाना खायो, ज्युनार भयो, खाइबक्सदैँछ, घिचिराछ .... आदी-आदी... हेहे... :)

    ReplyDelete
  2. tapai ko blog ma bhyako font haru padhna ali garo bhyo kun nepali font ho so that i can download the font and can be able to read your blog.

    ReplyDelete
  3. Aakar Ji !

    Thanks for your comment.

    Bikran Ji!

    सर्ब प्रथम त मेरो ब्लगमा स्वागत !!
    Welcome to my blog!

    I normally use ‘Mangal’ Font, but as it is Unicode font, I think it should be visible in your machine without any problem.

    Which browser you are using?

    If you are using Internet Explorer then it will be naturally visibl, but if you are using Firefox or some other browsers (which do not support Unicode) you may face that problem.

    Try this:

    open your browser>> go to "View">> "Encoding" (language in some browser) and select "Unicode (UTF-8)or any other proper settings.


    If your browser supports Unicode, then I think you do not need to download each and every font that is being used in particular webpage, but if you want you can download the Mangal font directly from here:

    http://www.bharatdarshan.co.nz/downloads/MANGAL.TTF

    ReplyDelete
  4. दिलीपजी,
    विश्लेषण व्यँग्यात्मक छ र रमाईलो छ।

    सुरेश परिवर्तन
    टोक्यो

    ReplyDelete
  5. Bikran ji;
    There will be not a problem in internet explorer. But if you are using firefox or opera as a browser.Then, U must install unicode ( romanized nepali unicode ) get it from : http://aakarpost.blogspot.com/2007/12/romanized-unicode.html .Once you install then, there will be no problem in firebox and in opera browser.Also you will able to type Nepali very easily.Try this Bikran ji, there is a keyboard layout as well.

    ReplyDelete