हामी गरिब छौं, तर गरिब मात्रै हैन् हामी हरिब पनि छौं । अझ साँच्चिकै भन्ने हो भने हामी गरिब भन्दा हरिब बढी छौं । त्यसो त स्रोत र संसाधन हुँदा हुँदै पनि गरिब हुनु पर्नु पनि एउटा लज्जास्पद कुरो नै हो । तर मलाई लाग्छ, गरिब हुनु मात्रै त्यति लज्जास्पद हुँदैन जत्ति हरिब हुँदा इज्जत लिलाम हुन्छ ।
प्रसङ्ग हाम्रा इज्जतको प्रतिनिधित्व गर्ने देशका २ मुख्य विमानस्थलका हुन् । काम विशेषले बेला-बेलामा बाहिर निस्कनु पर्दा यी दुई विमानस्थलमा केही समय रहनु पर्छ मलाई । पहिलो हो देशको राजधानी र सान रहेको शहर काठमाण्डौ र दोस्रो देशको प्रमुख पर्यटकिय गन्तव्य वा देशको पर्यटकिय राजधानी पोखराको ।
यी दुई राजधानीका विमानस्थलका कमी कमजोरीका कुराको फेहरिस्त लगाएर लेख्ने हो भने एउटा सानो पोस्टमा ती कुराहरू अटाउने सम्भावना नै छैन् र कुनै पनि यात्रु विमान स्थलमा छिरिसकेपछि ‘किन मैले विमान चढेर यात्रा गर्नु पर्छ’ भनेर पक्कै पछुताउँछन् होला । कामको चटारो, हतार र अन्य विविध कारणवश बाटोबाट हिँड्न नभ्याई आकाशमार्गबाट यात्रा गर्नु पर्ने मजबूरीमा विमानस्थल छिरेका जो कोहीलाई पनि त्यहाँको बेहाल व्यवस्थापनका कारण आफ्नो देशको इज्जत लिलाम भइ रहेकोमा चिन्ता लाग्छ होला ।
दैनिक सैयौको सङ्ख्यामा यात्रुको ओहोर-दोहोर हुने यी दुबै विमानस्थलका शौचालय छिर्नु परेमा जो कोहीलाई पनि माथी मैले सुरूमै लेखेको वाक्य याद आउँछ :- “हामी गरिब भन्दा हरिब बढी छौं”
ल हेर्नुस, हामी किन र कसरी हरिब रहेछौं त !:-
(यो मैलो र बिट फुटेको बाल्टिन र त्यसका वरिपरि घुम्ने साङ्लाहरू पनि त्यहाँ सामान्य नै हुन)
(यो प्लाष्टिकको भाँच्चिएको हेण्डलमा काठ थपरे अनि रबरले बानेर अडाइएको plunger ले त्यहाँको शोभा बढाएको पनि निकै भइसक्यो)
(विमानस्थलमा सद्दे कुरा त के नै छ होला र – यो भाँच्चिएको टुटी इन्सेकमा हेर्नुस)
(…र अन्तमा यो पनि-- प्रत्येक यात्रुले विमानस्थल प्रयोग गरे बापत पटक्कै पिच्छे तिर्नु पर्ने कर)
मलाई लाग्छ, दिनमा सैयौंको सङ्ख्यामा यात्रुले तिर्ने यो पैसा मध्ये २ जनाले तिरेको पैसा मात्रै प्रयोग गर्दा पनि यो बेइज्जती पुर्ण अवस्थाको अन्त्य हुन्छ ।
देशका यी दुई राजधानीका विमानस्थलबाट दिनमा साँच्चै सैयौंको सङ्ख्यामा विदेशी पर्यटकहरू पनि आवत-जावत गर्छन् ....तिनले नेपालबारे के विचार लिएर आएका होलान र कस्तो प्रभाव लिएर जालान ? । कुरो विदेशी पर्यटकको मात्रै भने हैन्, माथि चित्रमा देखाए जस्तै हरेक नेपालीले पनि प्रत्येक पटक विमानस्थल प्रयोग गर्दा त्यो दुई सय रुपैयाँको भुक्तानी गर्नु नै पर्छ । तर त्यही दुई जनाले तिरेको दुई सय रुपैयाँ खर्च गर्दा रोकिने देशको इज्जत लिलामीको मामिला रोक्न पनि त्यहाँको व्यवस्थापनलाई फुर्सद छैन् । यो गरिब हुनुको परिणाम हैन, हरिब हुनुको पिडा हो । अनि जबसम्म यस्ता मानसिक रूपले हरिब रहेका व्यक्तित्वहरू व्यवस्थापनमा रहि रहन्छन् तबसम्म हामी धन नै भए पनि गरिब रहि रहने छौँ ।
हरिपहरुले airport मा गर्ने गरिब ब्यबस्थापन-कथा को लामो फेरहस्ती हुन्छ |
ReplyDeleteतिनीहरुले देशका विमानस्थल हेर्दा लाज लाग्नुपर्ने हो |
हैन, tax को पैसा चाही कहा जाँदो रैछ ?
लाजै मर्दो छ नि सर।। के कुरा गर्नु। फोन गर्ने ठाउँ भनेरे साइनबोर्ड राखेको छ तर टेलिफोन नै हुदैन। यस्तै फोटोहरु मैले पनि केही समय अगाडि राखेको थिए त्यहाँको। राम्रो कुरा उठाउनु भयो। कतै कसैले देख्छन् की । बरु बाबुरामको फेसबुकको वालमा ईमेल गरेर पठाउनु पर्ला जस्तो छ। लौ हेर तिमीले गर्ने गफ र काम भनेर..
ReplyDeleteयस्तो देख्दा आफू नेपाली भएकोमा पनि लाज लाग्छ!
ReplyDeletetapaiko lekha ko marm saro chha.
ReplyDeleteseo in nepal
आफूले केही गर्न पनि नसकिने यो विषयमा ! तर साह्रै खत्तम हुँदै गइरहेको'छ सबै कुरा ! :/
ReplyDeleteअब देशभित्रका सबै बिमानस्थल बिदेशीलाई जिम्मा लगाइदिए भै गो नि । जवाफ पनि दिनु नपर्ने , उता छिमेकीलाई खुशी पनि राख्न सकिने । बिमानस्थलका कर्मचारीको काम भनेको सामान पास गराउने र बिभिन्न निहुँमा यात्रीहरुलाई दुख दिएर पैसा असुल्ने । सबै यही काममै ब्यस्त हुन्छन ।
ReplyDeleteम भित्र पसेको त छैन तर यो लेख पढेर त्यहाँको हालत देखेर दुख लाग्यो
ReplyDelete