अंग्रेजीमा ब्लगोमेनिया र नेपालिमा यदाकदा ‘अन्तर्भावोन्माद’ भनिने यो यौटा नया नशा हो । विकिपेडीया, गुगल वा तपाईको शब्दकोषले जे सुकै भने पनि ब्लग लेखन शुरु गरेर निरन्तरता दिंदै जाँदा ढिलो चाडो सबैजना संक्रमित हुन सक्ने यो यौटा रोग नै हो ।
अरु रोगका जस्तै यो रोगका पनि लक्षण, कारण र निदान सबै छन। यो पोष्टमा यिनै लक्षणहरु र निदानका बारेमा चर्चा गरिने छ।
कारण: दिमागमा अलिकता साहित्यिक कीरा हुनु, स्वतन्त्रतामा रमाउनु र आफुलाई मनमा लगेको कुरा शब्दमा उतार्ने जस्ता बानीहरु यसका कारण हुन सक्छन । यस्ता व्यक्तिहरुसंग ईण्टरनेटको सुबीधा उपलब्ध भएमा कुनै पनि बेला यसले संक्रमण गर्न सक्छ ।
लक्षण: यो रोगका शुरुवाती लक्षणहरु नदेखिन पनि सक्छन । तैपनि शुरुवाती, हल्का र अन्तिम चरणका गरी यसका तीन थरिका लक्षणहरु छन ।
शुरुवाती लक्षण: शुरु शुरुमा अनलाईन फोरम चाहर्ने, अरु साथीभाईको ब्लग हेर्ने, त्यसमा कमेण्ट लेख्ने गर्दा गर्दै यो रोगका भाईरसहरु स्वस्थ व्यक्तिमा सरिसकेको हुन्छन । तर बिस्तारै दोस्रो स्टेजमा नपुगेसम्म यसको पक्का पहिचान गर्न निक्कै मुश्किल हुन्छ ।
पहिलो स्टेजको आखीरि तिर पुग्दा संक्रमित व्यक्ति केवल ब्लगपेजमा प्रयोग हुने स्क्रिप्ट, कोड र ले-आउट आदिका हाउगुजिका कारण केहि भ्रमित हुन्छ र ब्लग शुरु गरीहालेमा निरन्तरता दिन नसकिने हो की भन्ने भयले अलिकता हच्केको हुन्छ ।
यहि भ्रम र हाउगुजीको डरका कारण कोहि पछाडी फर्केमा मात्रै त्यो व्यक्ति बच्न सक्छ, हैन भने तुरुन्तै संक्रमित व्यक्ति यसको दोस्रो स्टेजमा प्रवेश गर्छ ।
दोस्रो स्टेज: जान-अन्जानमै वर्डप्रेस, ब्लगर वा त्यस्तै कुनै डोमेनमा यौटा नाम दर्ता गराएर अब संक्रमित व्यक्ति पहिलो पोष्ट टाँसेर 'बाईजेट', 'एचटिएमएल', 'स्क्रिप्ट' आदिका बारेमा अध्ययन गर्न थाल्छ । कहिलेकाहि अरु पुराना ब्लगरका पेजमा पुगेपछि "हैन कस्तो सजिलो संग लेख्न जानेका होलान … " वा "कसरी यस्तो कुराहरु पनि मिलाएर लेख्छन … " भन्दै बुदबुदाँउछ र दोस्रो, तेस्रो पोष्टको लागी के लेख्ने भनेर चिन्ता गर्न थाल्छ। यतिबेलासम्म उसलाई आफ्नो ले-आउट नमिलेको, वाईजेटहरु नराम्रो भएको जस्तो लाग्छ । अनी, मनमा ब्लगमा साहित्य मात्रै लेखिन्छन कि, समाचार लेख्ने हो की वा आफ्ना दैनिक घटनाहरु मात्रै लेख्ने भन्नेमा भ्रांति रहन्छ । ‘मेरो ब्लग कसैले पढेन भने कीन लेख्ने’ भन्ने भावहरु पनि मनमा आउन थाल्छन । यहिबेला सम्ममा संक्रमित व्यक्तिलाई पुरानै अबस्थामा फर्काउन सकिन्छ । त्यसपछिको अन्तिम स्टेजमा प्रवेश गरेपछि भने यसको निदान करिव करिव असंभब नै हुन्छ ।
अन्तिम स्टेज: दोस्रो स्टेजमा देखिएका भ्रान्ति र शंकोचबाट उत्रेपछि भने व्यक्तिमा ब्लगोमेनीया पूर्ण रुपले देखिन्छ। यस्ता व्यक्तिहरु घर, कार्यालय, मन्दिर जहा जाँदा पनि हरेक घटना, स्थिति र परिस्थितिमा 'ब्लग पोष्ट' बन्ने संभावना देख्छन । आँखाले देखेको हरेक कुराको बारेमा लेख्न मिल्ने रहेछ भन्ने ज्ञान प्राप्त गर्छन र हरेक घटना र समाचारलाई ब्लगिए दृष्टिकोणबाट हेर्न थाल्छन । यस्ता व्यक्तिहरुलाई राष्ट्रिय दैनिकमा छापिएका खवर भन्दा साथीभाईको व्लगमा टाँसिएको टाँसो रोचक, जानकारि मुलक र प्रामाणिक लाग्छ ।
अन्तिम स्टेजको पनि उच्चतम बिन्दुमा पुग्दा निम्न लक्षणहरु पनि देखिन सक्छन:
१) संक्रमित व्यक्ति रातको २ बजे प्यास लागेर ब्युँझन्छ। भान्छा कोठामा पानि लिन जानु अगाडि पहिला कम्प्युटर बुट गरेर निस्कन्छ। अनी पानि पीईसकेपछि एकचोटी आफ्नो ब्लग रोलमा भएका ब्लगर मित्रहरुले केहि नया पोष्ट राखे की भनेर हेरेर मात्रै पुन सुत्छ।
२) कसैले घरको ठेगाना सोधेमा उ 'www…' बाट शुरु गर्छ अनी हातले कुनै मान्छेलाई चिठ्ठि लेख्नु परेमा खाममा पनि 'ramkumar@...com' भन्ने ईमेल ठेगाना लेख्छ ।
३) जहा जाँदा पनि साथमा क्यामेरा लिएर हिँडछ र मौका मिल्ने बित्तीकै बाटोमा हिडेको साँडे, कुकुर वा नाङ्लो पसल, मन्दिर सबैको फोटो खिचेर कुनै दिन ब्लगमा हाल्ने भनेर राख्छ।
४) संगै बसेका परिवारका सदश्य भन्दा पनि अन्य ब्लगर मित्रहरु बढि आत्मिय लाग्न थाल्छ ।
५) पानी बिनाको जिवन सम्भव देख्छ तर कम्प्युटर र ईण्टरनेट विना बाँच्न मुश्किल ठान्छ ।
६) फुर्सद पाउने बित्तिक्कै नया-नया कोड र स्क्रिप्टसंग खेल्न थाल्छ र त्यहि क्रममा आफ्नै ब्लग पनि २-४ चोटि खुल्दै नखुल्ने बनाउँछ ।
७) लेख्न थाले पछि जे बारेमा पनि लेख्न सकिदो रहेछ भन्ने ज्ञान प्राप्त गर्छ र फूर्सद मिल्ने बित्तिकै जुनसुकै बिषयलाई पनि 'टाँसो' बनाउन सक्षम हुन्छ ।
निदान: भन्नेहरुले जेसुकै भने पनि यो यौटा नशाजन्य रोग हो र ब्लगिङको नशामा सरकारले समेत छुट दिएको नशामा पर्छ । यो नशा गरेपछि मान्छे बेहोश हुने नभई झन झन होशमय बन्दै जाने र बढि भन्दा बढि कुराको जानकार हुने लगाएत आफूले जिन्दगीमा सुन्दै नसुनेको कुराको बारेमा समेत लेख्न सक्षम हुने हुनाले यसको निदान जरुरी छैन । आउनुहोस हामि सबै संक्रमितहरु मिलेर सबैलाई अझ बढी संक्रमित बनाऔं र नया-नया, सामान्य मानिस र कमेण्ट मात्रै गर्ने साथिहरूलाई पनि यो स्वतन्त्रताको रोगी बनाऔं ।
Excellent! You have mentioned probably more truth than we'd like to admit sometimes. and the plot is too very interesting.
ReplyDeleteBlogging is not merely a combination of posting, reading & commenting… It's actually much more than that: even beyond our lifestyle; I think, it’s an addiction! However, out of several possible addictions like drugs, alcohol, porn, gambling, food, video games, window shopping, etc. (here 'etc' means 'end of thinking capacity' ;-)), I believe that "Blogging addiction" gives you and your followers 'probably least' amount of headache! The reason why I emphasized 'probably least' will be clearer once you read the funny story/comic below:
...The husband, who is also a blogger, is typing away on his computer. The wife points a gun at him and says, "step away from the computer and have an intelligent conversation with me"...
By the way, I am fairly new to this field and not sure which stage of blogging I am in! But, it gives me a kind of satisfaction when I see that most of you are handling this real case of addiction in a most admirable manner.
Thanks once again for writing an interesting post.
साह्रै हाँसो लाग्यो है दिलीपजी ? यो साँच्चै डरलाग्दै नशा हो क्यारे र त यस्तरी गाँजेको छ हामीलाई । तपाईंले उल्लेख गर्नुभएका आधाउधि कुराहरुमा म पनि परेँ तर मैले गर्ने नगरेका केहि कुरा पनि उल्लेख रहेछन् के जान्नु कसैकसैले गर्छन् होला ।
ReplyDeleteऐ गाठे तपाइले त गजबै गर्नु'भो नि ! मेरै आदत लाई नै आफ्नो टासो बनाउनु भए जस्तो छ नि !
ReplyDeleteहो ! मैले माने । तपाईको कुरा जायज हो । अब देखि थाहा भो मलाई जस्तै तपाईलाई र अरुलाई पनी यो ब्लग को नशा ले उस्तै गरी च्यापेको रहेछ ।
नशा त साह्रै लागेको छ, ब्लगिङ को । तर सायद अब केही महिना ब्लगिङ बाट टाढिनुपर्ला जस्तो छ कारण अब परीक्षा आयो नजिकै । तर पनि मौका मिलाएर नियमित नै हुने कोशिस गर्नेछु ।
ReplyDeleteठ्याक्कै दैनिकि नै लेख्नुभएछ दिलीप दाइ !! हामी सबै ब्लगरको !!!!
ReplyDeletewhat a nice writting ..ha ..ha ...
ReplyDeleteI don't want to get rid from this Blogmenia...just loving it .....
Do i share my personnel feeling ???
Well i m in this blogging because i wannna make my life intresting...
yes...that's why i am in blogging...
दिलीप जी म आफ्नै नशायुक्त संक्रमित अवस्थालाई दिमागमा लिएर यो टाँसोभित्रै आफ्नो अनुहार हेर्दैथिए। लक्षणहरु पनि खुबसँग नियाल्दैथिए। दीपकजीले भनेझैँ आधाउधीमा मेरो पनि अनुभव त्यस्तै छ। त्यसैले चाख मान्दै थिए। निदानमा पुगेपछि त साह्रै हाँस उठ्यो। म एक्लै हाँस्दै थिए। एकजना साथीले म हाँस्नुको कारण सोध्यो। उसलाई भाका हालेर पढेर सुनाए। अनि एकपल्ट मजाले हाँस्यौ फेरी। राम्रो निदान छ।
ReplyDeleteप्रतिक्रियाको लागी सबैलाई धन्यबाद् ।
ReplyDeleteदिपेन्द्र जी तपाईले लेख्नु भएको श्रिमान श्रीमतीको वार्तालापका श्रीमान भने पक्कै पनि लास्ट स्टटेजको पनि उच्चतम बिन्दुमा पुगिसकेको 'महापुरुष' हुनुपर्दछ ।
वाकी हामि सबै साथिहरु करिब करिव दोस्रो स्टेजको अन्तिम तिर छौं होला जस्तो लाग्छ मलाई ।
पून एक पटक सबैलाई धन्यबाद् ।
ओहो दिलिपजी साच्चैमा त रोगी पो रहेछु ल। डर लाग्यो पहीलात तर पिन्च लाइन पढे पछी चाँही ढुक्क भए।
ReplyDelete