Showing posts with label विचार. Show all posts
Showing posts with label विचार. Show all posts

25 July, 2008

मान्छे हिंडे पछि बाटो बन्छ ।

धेरै दिन भयो अनलाईन समाचारमा नेपालको बारेमा बन्द, धर्ना जस्ता उदेक लाग्ने समाचारको श्रिंखला चलेको । हरेक दिन जसो कुनै न कुनै विषयलाई लिएर विरोध वा समर्थनमा चक्का जाम, बन्द, हडताल र खीचलो चलेको छ भने राष्ट्रपतिको चुनावमा समेत राजनैतीक नौटंकिको चरम नमूना मञ्चन भएको हामि सबैले देख्यौं। लाग्छ हाम्रा महान नेताहरुलाई अझै पनि आफ्नो कर्तव्यबोध भएको छैन वा सिधै भन्दा उनिहरुको दलगत विचारको अगाडी राष्ट्रको स्वर्थको कुनै महत्व नै छैन । बल्ल बल्ल राष्ट्रपति र उप राष्ट्रपतिको चयन भयो भने सरकारमा को बस्ने को नबस्ने बारेमा फेरि राजनैतीक दोहरि शुरु भएको छ ।

चिनिया साहित्यकार लु स्युन ले कतै भनेका छन कि मान्छे हिडें पछि बाटो बन्छ । बास्तवमा सुन्दा खेरि हामिलाई यो कुरा अलि नमिल्दो जस्तो लाग्न सक्छ । किनकी हामि बाटो बने पछि पनि हिडनलाई अल्छि गर्नेमा पर्दछौं। तर यो वास्तबिक यथार्थ हो, बाटो बनाउनलाई पनि मानिसले पहिला त्यहां हिडंनु पर्छ ।

हुन त मार्ग र लक्ष शब्दगत हिसाबमा हेर्दा फरक भएपनि व्यबहारिक रुपमा हेर्दा मार्ग लक्षको शुरुवात हो भने लक्ष मार्गको अन्त , यि दुबै एउटै सिक्काका दुई पाटा मात्रै हुन ।

नेपालमा बिगत र भर्खरैको राजनैतीक ईतिहासलाई हेर्ने हो भने हामी कहाँ को मार्गलक्षमा कुनै तारतम्य देखिन्न । वा भनौं हाम्रा नेताहरुलाई जहिले पनि लक्षको भन्दा मार्ग कै बढि चिन्ता हुन्छ । पहिला बाटो बनाउनु पर्‍यो, बाटो सिंगार्नु पर्‍यो अनि मात्र हामि हिडछौं (त्यो पनि मैले भनेको जस्तो बाटो बन्यो भने मात्रै!) । अनि यहि बाटो बनाउने, सिंगार्ने र बिगार्ने काममा हानथाप हुदाँ हुदैं नया बाटोको निर्माण मात्रै अबरुद्ध हुने होईन, हामिकहा पुराना गोडेटो र घोडेटोको पनि सत्यानास हुन्छ ।

29 June, 2008

नदिईएको राजीनामा र माईनस भएको तुष

ब्दकोष वा भाषाको गहन विष्लेशण गरि विवाद श्रृजना नगर्ने हो भने “राजीनामा” भन्ने शब्दले स्वेच्छाले पद त्याग गर्नु भन्ने बुझिन्छ ।

हालै हाम्रो देशका ‘निबर्तमान’ प्रधानमन्त्रीद्वारा राजीनामा दिईयो । पत्र –पत्रीका र संचारका सबै माध्यममा त्यो खबर ‘चिर-प्रतिक्षीत’ समाचार जस्तो गरेर छापीए / लेखिए । खबर पढ्दा र सुन्दा कतै बाट पनि यस्तो लाग्दैन थियो कि त्यो ‘दीईएको’ राजीनामा थीयो । यसलाई खाली passive voice मा मात्रै व्यक्त गरिन सकिने स्थिति थियो । किनकी गिरिजा कोईराला द्वारा कुनै नैतीकताका कारण होईन वाध्यताका कारण यो राजिनामा दिईएको थियो । ज्ञानेन्द्रले दरबार छाडनु र गिरिजा कोईरालेले राजीनामा दिनुमा खासै अन्तर देख्दिन म । दुबैमा दबाब र बिरोध यत्ती थियो कि त्यसमा आसीन भईरहनु कुनै पनि कोणबाट सम्मानजनक स्थीति नै थिएन ।

गिरिजा कोईरालाको ‘राजीनामा’ प्रकरणले त यस्तो सम्म भयो की उनको नाम र यो ‘राजीनामा’ भन्ने शब्दको यौटा अनौठो संयोग नै बन्यो । अहिले पनि नेपाली युनिकोडमा “राजीनामा” लेखेर कसैले गुगल वा याहु मा खोजि गरेमा त्यो शब्दसंगै प्रथम पृष्ठमै र प्रथम लहरमै ‘गिरीजा कोईराला’ को नाम पनि संगसंगै आउँछ मानौ यो दुई शब्द ‘जुम्ल्याहा’ हुन र छुट्टीनै सक्दैनन् ।

बरु मनमा जे सुकै भए पनि दरवार छाड्दा ज्ञानेन्द्रले आफ्नो बक्तव्यमा दरवार छाडनु परेको कुनै भडास छाडेनन् तर हाम्रा कोईरालाले भने आफूले पदत्याग गर्दा “टेन्सनमुक्त” भएको बताउँदा बताउँदै पनि जाँदा जाँदै आफ्नो मनको तुष व्यक्त गरेर मात्रै हिंडे:- मलाई माईनस गरे पनि सहमति र सहकार्य माईनस नगर्नुसमतलब यो राजीनामा थीएन माईनस गरिएको दबाबनामा को नतिजा मात्रै थियो ।

10 June, 2008

ढोंग, भक्ति र पैसाको शक्ति

केहि समय अगाडी भारतीय मिडिया र विशेष गरी केहि टेलीभिनज च्यानलहरुमा यौटा हंगामा-समाचारले निकै स्थान पायो ।

समाचार थियो एकजना दक्षीण भारतिय व्यापारीले (जसको नाम म जानी जानी यहा उल्लेख गरि रहेको छैन) शिरडीको साईबाबालाई ९४ के. जि. सुनबाट बनेको यौटा आसन (वा सिंहासन भन्दा पनि होला) चढाए ।

यो आसनको लागत मूल्य मात्रै करिब १० करोड भा. रु. वा नेपाली रुपैयामा गन्दा १६ करोड परेको जानकारिमा आएको छ ।

म नास्तिक होईन (त्यसो त आस्तिक पनि बन्न सकेको छैन र आफूलाई आध्यात्मिकतातर्फ अलिकता आकर्षण रहेको पाउँछु ) तर आस्तिकताको नाममा हुने यस्ता ढोंग र पाखण्डको कुनै मुल्य देख्दिन म ।

दक्षीण भारतियहरु त्यसै पनि अन्ध-भक्ति र यस्ता ‘चढावा’ वा मेरो भाषामा भन्दा ‘दिखावा’ मा प्रतिस्पर्धात्मक रुपमै लागि पर्नेहरुमा गनिन्छ्न र भारतका बिभिन्न मन्दिर र मठहरु विश्‍वकै ‘सबैभन्दा धनि’मन्दिर र मठहरुको लहरमा आउँछन। यसै सम्बन्धमा यौटा साधारण आकडा यहा प्रस्तुत गर्दै छु : यहि शिरडी मन्दिरमा सन २००७ भित्र करिव भा रु ६० करोड नगद, १४ के जि सुन र २३५ के जि चाँदी ‘चढावा’ आएको थियो ।

25 April, 2008

चुनाव अघिको नारा र जन-अविभारा

घिल्लो दुईहप्ता जत्ती नेपलमा वा संसारभरी फैलीएर रहेका सम्पूर्ण नेपालीहरु करिब करिब "सास रोकेर" यौटै कुराको प्रतिक्षामा रहेका थिए ---के हुन्छ त चुनावको परिणाम-- । अहिले चुनाव मात्रै होईन, समानुपातिक तर्फको समेत मत गणना समेत समाप्त भै सकेको छ र माओबादिको बर्चस्वमा नया संबिधान बन्ने निश्चित भएको छ ।

यस बिचमा नेपालमा रहनेका मात्र हैन बिदेशमा बसेर ब्लग वा व्यक्तिगत साईट चलाउनेलका साईटहरु समेतमा अन्य कुनै बिषयले प्रवेष पाउन सकेन । सब साईट, ब्लग र फोरमहरु चुनवमयी भएका थिए भने 'च्याट' मा एक अर्कासंग भेट हुदां समेत भलाकुसारी भन्दा पनि चुनावि नतिजाको बारेमा सोध-पूछ गर्न सम्पूर्ण नेपालिहरु व्यस्त थिए ।

अव चुनाव सक्केर मत गणना सक्कने बित्तिक्कै फेरी सबैजना आ-आफ्नो गोरखधन्दामा हराउन थालेका छन । भोट हाल्न सौभाग्य पाउने पनि, भोट हाल्न मौका नपाउने पनि, सबैजना आफ्नो 'कर्तव्य पुरा' भएको ठानेर सामान्य नियमित दिनचर्यामा व्यस्त छन मानौ अब जे सुकै होस कसैलाई मतलब छैन ।

यसरि चुनाव सक्कने बित्तकै चुनाव जित्ने र जिताउने दुबैमा केहि परिवर्तनहरु देखा पर्न थालेकछन।

जनताहरु पून: एकचोटी बिस्तारै आफ्नो भविश्य निर्धारण गर्ने राजनैतिक उतार-चडाव प्रति उदाशिन बन्दै गएका छन भने बुलेट छाडि ब्यालेटको राजनीति गर्न थालेका माओबादि पनि अनपेक्षित तरिकाले 'सालिन' बन्ने क्रममा छन ।

20 April, 2008

Hip-Hop Generation and New Nepal

The other day I was online and talking with a junior relative of mine in Nepal. As the CA Election result is still a hot cake we began to share view about it.

Though I was not astonished by the sudden Maoist victory this time, but had and still have doubt about how they will handle the nation.

During the short "chat" I found that Nepalese youth; which I am calling the Hip-Hop Generation are very much hopeful and are in blind support of Maoist.

As we are all free and are also free to carry-over any ideologies, isms or support a particular party, group of organization, I found that the blind support of the Hip-Hop Generation to Maoist is a basic and main cause of their victory this time.

"Now the New Nepal will be constructed!" he was flying in his dreamland and telling me that how our country will become a Developed nation in a short period.

13 April, 2008

के माओबदिको जित "अप्रत्याशीत" हो ?

ब संबिधान सभाको चुनावमा काठमाडौं क्षेत्र नं‌ १ बाट नेपाली काँग्रेसका प्रकाशमान सिंह बिजयी भएको पहिलो नतिजा निक्लियो "ठूला" दलका नेताहरुले सोचे हाम्रो बोलबाला अझै कायम छ र उनिहरु आफ्नो जित प्रति अत्यन्त आशाबादि भए । तर उनिहरु कल्पनाको जित प्रति ढुक्क हुन नपाउदैं धमाधम उनिहरुको सोच बिपरितको परिणाम आउन थाले । "कुनै तुक नभएका" भनिएका दल र "पाँच कक्षा पास नभएका" भनिएका उम्मेदवारले ति 'बुद्धिजिवि' र 'महान' नेताहरुलाई अत्यन्त ठुलो मत अन्तरबाट धमाधम पराजित गर्दै गएको नतिजा निस्कन थालेपछि उनिहरु रनभुल्ल परे ।

अब ति पुराना र 'घाग' मानिएका दल र नेताहरु आफ्नो बचे-खुचेको ईज्जत जोगाउने असफल प्रयास गर्दै अर्को यौटा शब्द प्रयोग गर्न थालेका छन --"अप्रत्याशीत"। अर्थात अप्रत्याशीत रुपमा माओबादिले चुनाव जित्दैछन रे।

त्यसो त हाल म नेपालमा छैन र चुनाव अगि-पछिका माहौलसंग निकट परिचित छैन, तर यौटा सामान्य नागरिकको हिसाबले सोच्दै जादां मलाई लाग्छ माओबादिको जित कुनै "अप्रत्याशीत" घटना भने पक्कै होईन ।

नेपालको स्थिति हालको जर्जर अबस्थासम्म आउनुमा प्रमुख भूमिका खेल्ने बासी, पुराना र भ्रष्टहरुले हार्नु भनेको कुनै "अप्रत्याशीत" घटना कसरी हुन सक्छ ? । मैले यसो भनेर जित्ने पक्षको तारीफ गर्न खोजेको पनि पक्कै होईन र माओबादिका बिगतका अनगिन्ति गल्तिहरुको म अझै बिरोध गर्छु । तर यो चुनाव जनताहरुले सोचि सम्झी दिएको मतको परिणाम हो र यसमा कुनै अप्रत्याशीतता देख्दिन म। "अप्रत्याशीत" त त्यतिबेला हुन्थ्यो जब यसपाली पनि तीनै घुसखोर, सरकार ढाल्न र बनाउन भेडा बाख्रा जस्तै बिक्ने अनि पुरुष भएर पनि सुत्केरी भत्ता खानेहरुले नै चुनाव जित्थे ।

28 March, 2008

बाँदर, झण्डा र गँजडी गफ

घिल्लो शताब्दीका अत्यन्त बिबादास्पद रहस्यदर्शी ओशोले कतै भनेका छन कि चार ओटा बाँदरले चारथरी झण्डा समाते पनि बाँदर त आखीर बाँदर नै रहन्छन् । राजनीतिको फोहरि खेल र त्यसका खेलाडिमाथी ईगींत गर्दै उनले माथिका कुरा भनेका हुन ।

वास्तबमा बिभिन्न दल, गुट वा पार्टि जे भने पनि समष्टिमा केवल झण्डा मात्रै फरक हुने र उद्देश्‍य भने सबैको एउटै हुने, अर्थात जसरी भए पनि सत्ता प्राप्त गर्नु मात्रै रहेको कुरा भने हामी सबैले देखेकै र भोगेकै कुरा हो। अनी आफू सत्तामा पुग्नलाई जुनसुकै उपाए पनि अपनाउनु नै हाम्रा नेताहरुको पहिचान बनिसकेको छ।

त्यसपछि सो सत्ता प्राप्त गर्न प्रयोग गरिन्छ बिभीन्न रंगका झण्डा, नारा र गँजडी गफ।

गँजडी गफको कुरा गर्दा कहिले २ बर्षमा मेलम्चीको पानि काठमाण्डौमा ल्याउने असम्भव योजना बताईन्छ त कहिले नेपाल लाई सींगापुर अनि कहिले स्विजरल्याण्ड बनाउने हावादारी आश्‍वासन। वास्तबमा यो सबै केबल चुनाव जित्‍नलाई प्रयोग गरिने यौटा हौवा मात्रै हुन्छन् । चुनाव सक्कीने बित्तीक्कै यो सब नारा र हौवा हावामा बिलाउँछन र अनी शुरु हुन्छ खुट्टा तान्ने खेल ।

यहाँ कहिले ईन्जिनियरींग र निर्माण विज्ञानको बारेमा क-ख-ग नजान्नेले विना जानकारी ठूला ठूला योजनाको हावादारी घोषणा गर्छन, त कहिले पाँच कक्षाको पाठ्यक्रममा लेखीएको "नेपाललाई एशीयाको स्विजरल्याण्ड पनि भनिन्छ" भन्ने हरफ पढेको भरमा नेपाल लाई साँच्चै स्विजरल्याण्ड बनाउँछु भन्दै हिडछन् । तर भौगोलीक कठिनता, अर्थको अभाव अनी अन्य बिभीन्न कारणले गर्दा मेलम्चिको पानी १० बर्षमा पनि काटमाण्डौ आउदैन भने कहिले चाहि गँजडी आफै एकचोटी सिंगापुर वा स्विजरल्याण्ड पुगेर त्यहाको वास्तबिक उन्नती र बिकास देखेपछी पाँच कक्षा पढेको ज्ञानले मात्रै केहि नहुने यथार्थको जानकारी भएर आफै 'झेंप खाएर' चुप लाग्छन ।

तर पनि यो रंग-बिरंगी झण्डा र गँजडी गफको निरन्तरता भने चलि रहन्छ अनि ओशोले भने जस्तै चुनाव नजिक आउने बित्तीकै सबै बाँदरहरु थन्क्याएर राखेका आ-आफ्ना नयाँ-पुराना झण्डा र नया नया गँजडी गफका पोका लिएर मैदानमा निस्कन्छन: " ...... हाम्रो नीति यस्तो छ ......", " हामि यस्तो गर्छौं ...... हामि उस्तो गर्छौं ......"

अहिले नेपालमा एकचोटी फेरी चुनाव नजिकिएको छ, अनी सुनिन्छ सडकमा नया पुराना बाँदरहरु फेरि रंगि चंगि झण्डा बोकेर निक्लेकाछन र गँजडी गफको पनि बर्षा भईरहेको छ । यो चुनाव केबल संबिधान निर्माण गर्नको लागि मात्रै हो र यसले सरकार बनाउने भन्दा संबिधान बानउने काम गर्नु पर्छ भन्ने कुरा नेता, प्रतिस्पर्धी वा दललाई पनि थाहा नभएर हो वा किन हो, सुनिन्छ अहिले पनि आश्‍वासन, नारा र सपना बाँढ्ने गँजडी गफको भरमार छ । अनि आफूलाई साच्चै बाँदर भएको प्रमाणीत गर्न यस पटक थप एक अर्कामा गालि गलौज र हान-थाप अनि लुछाचुडिँ गर्ने गर्ने कार्यको पनि अधिकतम उपयोग गरीएको छ ।

अन्तमा केहि दिन पहिले 'च्याट' मा बस्दा नेपालबाट घर-परिवार र साथिहरुले सोधेका थिए " भोट हाल्न नेपाल नआउने? " मैले भने " पहिला झण्डा मात्रै नहेर्नु, झण्डा बोक्नेलाई पनि हेर्नु ...... त्यँहा कुनै झण्डा बोक्ने 'मानिस' देखीएमा र गँजडी गफ हैन यथार्थबादी कुरा गर्ने र साँच्चै देशकोलागि केहि गर्ने अठोट देखीएमा मलाई खबर गर्नु म भोट हाल्न आउँछु । त्यस दिन पछि आजसम्म कसैले फेरी "भोट हाल्न आउनु" भनेर बोलाउन हिम्मत गरेका छैनन् ...... तर म अझै प्रतिक्षामा छु ......

13 March, 2008

गिरिजा कोईरालको 'ग्रया्ण्ड डिजाईन' र 'ग्रेट- ग्रया्ण्ड डिजाईन'

धेरै समय भएको छैन, हाम्रा हालका प्रधानमन्त्री त्यतिबेला नेपालमा घटेका र घट्दै गरेका हरेक घटनालाई यौटै नाम दिदैं बर्बराउँथे "ग्रया्ण्ड डिजाईन"

रत्‍नपार्कमा बस ठोक्कियोस की ग्यासको आपुर्ति रोकियोस, बैंकको सेफ फोरियोस की टेलीफोनको तार चोरियोस उनि यौटै नारा घन्काउँथे ".......यो सबै ग्रया्ण्ड डिजाईन हो ......."

राजा बिरेन्द्रको बंश नास भएको घटना देखि लिएर त्यतिबेलाका यावद कुरालाई उनि त्यहि सजिलो र 'लोकप्रिय' नाम दिन्थे। जे सुकै होस न! "ग्रया्ण्ड डिजाईन" भनिदिए पछि न त कुनै कुराको बारेमा पूर्ण जानकारि लिनु पर्ने, न त आफुले बोलेको कुराको बारेमा जिम्मा नै लिनु पर्ने। त्यसैले उनले बर्षौं सम्म ग्र‍याण्ड डिजाईनको भाँडो बजाए । कहिले ठुलो टुलो कुरामा ग्र‍याण्ड डिजाईनको डम्फु बजाएर रहस्यमय बनाए भने कहिले स-साना कुरालाई पनि त्यहि संज्ञा दिएर पत्रकार हसाँए ।

समष्टीमा ग्रया्ण्ड डिजाईनको डम्फूले गिरिजा कोईरालाले पूर्ण राजनैतीक फाईदा उठाए। पछि कतै पत्रकारहरुले सो ग्रया्ण्ड डिजाईनको बारेमा प्रकाश पार्न अनुरोध गर्दा उनले सधै 'पछि थाहा हुने' बताउँदै आएका थिए ।

समयले कोल्टे फेर्दा हाल उनी पून: देशको प्रधानमन्त्री र राष्ट्राध्यक्ष समेत बनेका छन्, तर अब कमजोर स्मरणशक्ति भएका जनता र पत्रकारले एकातर्फ त्यो कुरा सोध्न बिर्सेका छन भने अर्कोतर्फ उनलाई त्यो ग्रया्ण्ड डिजाईनको बारेमा बताउने फुर्सद पनि छैन । उनले आफू चर्चामा बनिरहन र राजनैतीक बृत्तमा छाईरहन त्यसको भरमार प्रयोग गरे भने जनता र पत्रकारले पनि कहिले गमेर त कहिले हाँसेर त्यसलाई उडाए । अहिलेको स्थितिमा आफू करिव करिव नेपालको सर्बशक्तिमान व्यक्ति हुँदा सम्म त्यस तथाकथित ग्रया्ण्ड डिजाईनको पर्दा नखोलिनुले त्यो 'पिटारा' केवल आफ्नो निहित स्वार्थ सिद्द गर्न मात्र निर्माण गरिएको कुराको भने पर्दा खोलीएको छ।

28 February, 2008

नहालेको चीठ्ठा पर्दैन

फ्नो नाममा कुनै पनि डोमेनको ईमेल ठेगाना भएका हामीहरु प्राय: सबैको 'ईन बक्स' मा धेरै चोटी बिभीन्न उपहारहरु वा सित्तैमा करौडौं नगद, धन, सम्पती र कहिले काहि 'टुर प्याकेज' पुरस्कार परेको चीट्ठिहरु आउने गर्छन ।

कहिले फर्म नै नभरेको अमेरिकि डि भि परेको त कहिले हाल्दै नहालेको कुनै चिठ्ठा परेको अनि कहिले कुनै अपरीचितले कुनै मुलुकको बैकमा रहेको आथाह सम्पति तपाईको खातामा सार्न लागेको । बास्तबमा शुरुमा निक्कै प्रलोभन दिने खालका देखीए पनि अन्नत यी मेलहरु विभीन्न रजिस्ट्रेशन र नोमिनेशनको नाममा उल्टै मेल पाउने व्यक्तिसंग पैसा ठग्नको लागी पठाईएको हुन्छ।

हट मेल याहू, जि मेल वा जति सुकै सुरक्षा सञ्जाल बलियो भएको डोमेन नै किन नहोस, जति सुकै व्यबस्था गरे पनि कुनै न कुनै रुपमा ति मेलहरु हाम्रा 'ईन बक्स' मा घुस्न सफल हुन्छन् ।

बिल गेट्स स्वयंलाई कैयौं पटक "Fire your boss and start a home business" भन्ने 'अनलाईन-जब' प्रस्ताव सहितका ईमेल आउने कुरा केहि समय अगाडी प्रकाशित भएको थियो। यहि यौटै खवरले यो कुरा पुष्टि गर्छ की हालसम्मको लागी यि स्प्यामर हरुको योग्यता हाम्रा कुनै पनि डोमेनका सुरक्षा सञ्जाल भन्दा माथि छ हालको लागी यसलाई पूर्ण बन्द गर्न सम्भब छैन ।

08 October, 2007

निकम्मा नेता र देशको दुर्गती

"The Cheaper the politician, the more he costs the country" George S. Hillard
"राजनैतीक नेता जत्ति सस्तो हुन्छ राष्ट्रलाई त्यो त्यती नै महङ्गो पर्छ " । वा अग्रेजीको उपर्युक्त भनाईको सिधा अर्थ खोज्दा "नेता जत्ती निकम्मा हुन्छ त्यसले देशलाई त्यती नै नोक्सान पुर्‍याउँछ" भन्दा फरक पर्दैन । जर्ज एस. हिलार्डको उक्त बाक्य अन्य देशको लागी मिले पनि नमिले पनि नेपालको परीप्रेक्षमा हेर्दा भने यो बाक्य सोर्‍है आना साँचो र जिबन्त देखीन्छ । किनकी देश हालको जर्जर स्थितिमा आईपुग्नुमा अन्य बिबिध कारण भए पनि प्रतक्ष वा परोक्ष रुपमा यसका यसका मुख्य खेलाडीहरु हाम्रै 'सस्ता' नेताहरु भएको कुरा कसैमा छिपेको छैन ।
नेताहरु योग्य भएमा देशले छिट्टै प्रगती गर्न सक्ने कुरा विश्‍वको ईतिहासबाट ज्ञात हुन्छ भने अयोग्य व्यक्तिको हातमा सत्ता परेमा देशमा कत्ति भाँडभैलो मच्चिन सक्छ भन्ने कुरा हाम्रै देशको बर्तमानले दर्शाएको छ । नेतृत्व तहमा पुग्ने व्यक्ति आफै शिक्षीत वा योग्य छैन भने उसको नेतृत्वले देशलाई कस्तो गती दिन्छ भन्ने कुरा अत्यन्त गम्भीर छ । तर यो बिषय त्यत्ति गम्भीर र संबेदनशील हुदां हुदैं पनि कतैबाट पनि यसबारेमा खुलेर आबाज उठाउने वा बहस गर्ने चेष्टा गरीएको छैन । बास्तबमै मुलुक हाल संकट ग्रस्त छ र यो कहाली लाग्दो अबस्थाको बारेमा कुनै एक व्यक्ति वा दललाई दोष दीएर मौन बस्नु भन्दा अबका दिनमा देशले यस्तो सस्तो नेताको महर्ङ्गाई फेरी फेरी भोग्नु नपरोस भन्नकालागी निश्चीत नीति निर्माण नगरी नहुने देखीन्छ ।
अबका दिनहरुमा उपयुक्त व्यक्ति मात्रै उपयुक्त तहमा पुगोस भन्ने नीति नीयम तर्जुमा नगरी नहुने देखीन्छ । बिरोधको लागी र्सघर्ष पैसाकोलागी राजनीति, र पदको लागी आन्दोलन गर्ने तर कुनै पनि रचनात्मक र सृजनात्मक योगदान दिन नसक्ने नेताहरुको हालीमुली रहेसम्म देशको नीति नीयम कानुन र संबिधान जति चोटी नै परीवर्तन गरे पनि त्यसले कुनै पनि परिबर्तन ल्याउन सक्दैन । नाच्न नजान्ने आँगन टेडो भने जस्तै बिगतका बार्‍ह बर्षमा गरेका भाँडभैलोको दोष, हाम्रा नेताहरु अझ पनि कहीले खेदीईसकेका राजा त कहीले एक अर्कालाई दिने जस्ता गैर्‍ह जिम्मेबार बक्तव्य दिएर आ आफ्नो अयोग्यता लुकाउने प्रयास गर्दैछन ।