बेइमान उवाच
उस्तै उस्तै भनेर के गर्नु यहाँ,
पित्तलको सट्टा सुन दिन कहाँ पो सकिन्छ र ?
मायाँ बस्यो भनेर के गर्नु साथी,
प्रेम पो गरेको, बिहेको ठेक्का लिन कहाँ सकिन्छ र !
तथ्य र कारण
आफू कालो भएर हो कि किन हो
केटी पनि मलाइ काली नै मन पर्छ
आफैंले सजाउन चाहेकोले होला सायद
सिउँदो पनि मलाइ उनको खाली नै मन पर्छ ।
