Showing posts with label कथा-लघुकथा. Show all posts
Showing posts with label कथा-लघुकथा. Show all posts

13 June, 2008

उपचार खर्च (लघुकथा)

(आफ्नो सबै रचनाहरु एकै ठाँउमा राख्‍ने क्रममा, धेरै पहिला गोरखापत्रमा प्रकाशित यो लघुकथा टाँस्दैछु आज)

कारखानाको ईमान्दार कर्मचारी थियो । एकदिन कारखानालाई आगलागीबाट जोगाउने क्रममा उ नराम्रोसंग घाईते भयो । तल्लो तहको कर्मचारी भएको र उपचारार्थ विदेश पनि जानु पर्ने देखीएकोले उसले आफ्नो शाखा प्रमुख समक्ष उपचार खर्चको लागि निवेदन गर्‍यो । घटनाको प्रकृतिको गहन अध्ययन पश्‍चात् शिफ्ट ईन्चार्जबाट कार्यालय प्रमुखलाई खबर गरियो ।

संवेदनशील विषय भएकोले शाखाबाट सिफारिश सहितको टिप्पणी उठाइयो । उपचार खर्च बढी देखीएकोले हाकिम एक्लैले निर्णय गर्न आँट गरेनन् र उक्त विषयलाई बोर्ड बैठकबाट पारित गर्ने आश्‍वासन दिईयो ।

19 May, 2008

दुई सुत्रकथा

(आज, धेरै पहिला मधुपर्कमा प्रकाशित दुई सुत्रकथा टाँस्दैछु)

१‌. दृष्टिकोण

“ हैन अस्ति हेरेको केटा त ठिकै जस्तो लागेको थियो , तर तपाईले छोरी दिन मान्नु भएन रे … ”

“ के गर्नु कतैबाट पनि कुरो मिलेन”

“ किन राम्रो थिएन र ?”

“ राम्रो त राम्रै थियो … ”

“ पढाइ पुगेन कि कसो ! ”

“ हैन एम‍.‌‍‍ ए‍. पास नै थियो”

“ अनि !के भो त ! बेरोजगार थियो र? ”

“ कहाँ हुनु नि सरकारि अधिकृत थियो ”

“ अनि के मिलेन त, जातै मिलेन कि कसो?”

“ जात मात्रै नमिलेको भए त कुरा मिलाउन सकिन्थ्यो … । … के गर्नु … त्यो केटा त अर्कै पार्टीमा लागेको रहेछ”

२. न्याउरी मारी पछुतो

अस्तिसम्म उनीलाई सानै देखेर, उसले लेखिसकेको प्रेमपत्र पनि च्यातेर फालेको थियो ।

आज बिहानको खबरले पछुताई रहेको छ, उनिलाई त हिजै अर्कैले भगाईसकेछ ।

08 May, 2008

नारनदाईको होटेल

(धेरै देखी यौटा कथाको 'प्लट' दिमागमा थियो, आज त्यसैलाई यहाँ टाँस्दैछु )

उसको वास्तबिक नाम त शायद नारायण प्रसाद बुर्लाकोटी हो क्यार, तर सबैजना उसलाई 'नारन दाई' भन्थे । कुनै जिल्ला सदरमुकामको सडक छेउमा उनि यौटा सानो खाजा र खाना खुवाउने होटेल चलाउँथे।

भन्नलाई 'होटेल' भने पनि त्यो वास्तबमा केवल यौटा टहरा मात्रै थियो । चारैतिर जस्ता पाता उठाएर घेरीएको र छत पनि जस्ता ले नै छाएको त्यो टहरा मा एक्कै चोटि १० जना सम्मले खाना खान मिल्ने गरी पुरानो खाट र बेन्चहरु लहरै राखिएका थिए । त्यसो त नारन दाई उनकि श्रीमती र ३ जना केटा-केटीको सुत्ने, खाने, बस्ने कोठा, वा समष्टिमा उनको 'घर' पनि त्यहि नै थियो ।

केहि समयको लागि कार्यालय बाट खटाईएकोले मेरो पनि बिहानको नास्ता देखी बेलुकोको खाना सम्म सबै खाने ठाँउ त्यहि नारनदाईको होटेल नै थियो । टहरा नै भए पनि जागरिला बुढा बुढिले सरसफाईमा राम्रै ध्यान दिएकाले प्राय: वरिपरिका कार्यालयका एक्ला कर्मचारिहरु त्यहि नै खाना खान जान्थें ।

हसिलो स्वभाव र मिजासीला नारनदाईको होटेलको अर्को विशेषता के थियो भने जिल्ला भरिका कार्यालयका खुफीया खबर र "ब्रेकिङ न्यूज" आधिकारिक रुपमा आउनु अगाडि त्यहि बाट खुल्ने गर्थ्यो ।

08 April, 2008

विक्षिप्त दर्शन (लघुकथा)

नको भनाइअनुसार उनी कार्यगत भ्रमणको सिलसिलामा नेपाल आएकी थिइन् ।

काठमाण्डौको विमानस्थलबाट बाहिरिएपछि तिनले एकजना कलिलो ठिटालाई आफ्नो सामान बोक्‍न लगाएर आफ्नो गाडीमा राख्‍न लगाइन् । आफू कार्यमा व्यस्त रहँदा उनले आफ्नो गृहकार्य र सरसफाइका लागि एकजना १३-१४ वर्षकी केटीलाई आफ्नो निवासमा राखिन् । करिब एक महिनाको काठमाडौँ-बसाइको क्रममा तिनले बौद्धमा गएर केटाकेटीले बुनेका गलैँचा किनिन्, न्युरोडमा बसेर स्कुल जाने उमेरको केटालाई आफ्नो जुत्ता पालिस गर्न लगाइन् । कुनै दिन केटाकेटीलाई आफ्नो भारी बोक्‍न लगाइन् त कुनै दिन सडकछेउमा मकै पोलेर बेच्ने बालिकासँग मकै किनेर खाइन् ।

काठमाडौँपछि उनी नेपालका अन्य सहरहरूमा घुम्‍न गइन् । पोखरामा तिनी १३-१४ बर्से केटोले चलाएको डुङ्गाबाट फेवातालमा घुमिन्, जनकपुरमा बालपन नै नगएको फुच्चेले चलाएको रिक्साबाट सफर गरिन् । कतै खातेहरूलाई पैसा बाँडेर हिँडिन्, कतै गिट्टी कुट्ने बच्चाहरूसँग फोटो खिचेर रमिन् ।

यसरी आफ्नो कार्यगत भ्रमण सकेर उनी स्वदेश फर्किन् । उनी स्वदेश फर्केको केही समयपछि बजारमा यौटा नयाँ किताब आयो र त्यसपछि मात्रै उनको कार्यको बारेमा सबैलाई थाहा भयो ।

उनले सो किताब नेपालमा भएको बालश्रमको बिरोधमा लेखेकी थिइन र बालबालिकालाई कुनै पनि किसिमको श्रममा लगाउन नहुने बारे आप्नो किताबमा गहकिलो तर्क दिएकी थिइन् ।

20 February, 2008

ठेक्काको काम (लघुकथा)


त्यतिबेला उ जवान थियो, हट्टा कट्टा जिउडाल र गठीलो शरिर , त्यो भन्दा पनि उसको आस्थाका कारण उ सबैतिर परीचित थियो ।

राजाको जन्मदिन, भ्रमण र अन्य समारोहहरुमा उ आफ्ना साँच्चै विशाल जत्थाहरु सहित सवारि-स्थलहरुमा पुगेको हुन्थ्यो । अनी सवारी-क्रममा गगन भेदी नारा लगाँउथ्यो :-"हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ!", "हाम्रो भाषा हाम्रो भेष प्राण भन्दा प्यारो छ!" उसको पछाडी लागेका विसाल भीड र उस्को जोस देखेर सबै भन्थे " यो चानचुने मान्छे होईन 'भित्र' सम्म पहुँछ छ यसको!"

सम्मसमयले विस्तारै कोल्टे फेर्दै जाँदा बिचमा उसले "प्राण भन्दा प्यारो" को सट्टा "प्रजातन्त्र जिन्दावाद!" को नारा लगाउन थालेको थियो। नारा फरक भए पनि उस्को पछाडी 'जिन्दावाद!' को ताल दिंदै हिडनेको संख्यामा केहि कमी आएको थीएन। उ आन्दोलनमा पुरै होमीएको थियो र त्यती बेला सबैजना उसलाई 'यो प्रजातान्त्रिक विचारधाराको मानिस हो! फलानो दलको 'माथि' सम्म वोलवाला छ' भन्ने गर्थे ।

25 January, 2008

बोल्ने कला (चिनियाँ नीति कथा)

बोल्न जान्ने तर के बोल्दा के प्रभाव पर्छ भन्ने पत्तो नपाउने एकजना महाशयले आफ्नो घरमा रात्रि भोजको आयोजना गरेका रहेछन्। तर भोज शुरु हुने बेला सम्म पनि सबै पाहुनहरु उपस्थित भईसकेका रहेनछन् । ५० जना पाहुनाहरु आउनु पर्नेमा जम्मा ३० जना मात्रै उपस्थित देखेपछि उनले आफ्नो स्वाभाविक शैलीमा भनेछन् : "खै , आउनु पर्ने मान्छे त अझै आएनन् नि !" उनको कुरा सुनेर उपस्थित पाहुनाउरु मध्य केहिले सोचे- 'आउनु पर्ने मान्छे त आएनन् , मतलव हामि त नआउनु पर्ने मान्छे पो रहेछौं ।" यति सोच्ने वित्तिकै उपस्थित ३० जना मध्य १० जना त्यहा बाट निस्केछन् ।

ति महाशयले आईसकेका पाहुना पनि फर्केको देखेर फेरि भने : " नजानु पर्ने मान्छे पनि गए "। यो वाक्यलाई पनि बाँकी पाहुना मध्यका केहिले अर्कै अर्थमा लिए – ' ओहो ! उनिहरु नजानु पर्ने मान्छे भए जानु पर्ने मान्छे त हामि पो रहेछौं "। यति सोचेर फेरी अरु १० जना पाहुन पनि त्यहाबाट निस्केछन ।

यस पटक उसलाई आफूले बोल्दा केहि गल्ति भएको आभाष भएछ र उनले आफूलाई प्रष्ट पार्ने हेतुले भने :" मैले उनिहरुलाई लक्षित गरेर त्यसो भनेको होईन" । तर उनको य वाक्यको पनि अर्कै अर्थ निक्ल्यो । बाँकी १० जनाले सोचे 'ति जानेहरुलाई लक्षीत नगरेको भए हामिलाई नै लक्षीत गरेर भनिएको होला' । यति सोचेर बाँकी १० जना पनि तुरुन्तै विना भोजन त्यहा बाट निस्केछन् ।

31 December, 2007

त्यो देश (लघुकथा)

विश्वको कुनै कुनामा दुइवटा मित्र देशहरु थिए ।

पहिलो देशका नागरीकहरु शिक्षीत हुन पाए रमाउँथे, दोस्रो देशका जनताहरु आफूलाई सचेत भन्न रुचाउँथे ।

पहिलो देशका नेताहरु रात दिन नभनी जनताको काम गरी सिध्याउँथे, दोस्रो देशका नेताहरु जनतालाई नै प्रयोग गरी कुर्शी हत्याउँथे।

पहिलो देशका मजदूरुहरुले कारखाना चलाउँथे, अर्को देशका मजदूरहरुलाई नेताले नचाँउथे।

02 December, 2007

पेशागत प्रतिभा (लघुकथा)

उनीहरु दुईजना अक्सर एकै ठाउँमा देखिन्थे। पहिलो व्यक्ति बोल्नेहरुको आसनमा हुन्थ्यो भने दोस्रो व्यक्तिहरु सुन्नेहरुको लहरमा ।

पहिलो चोटि उनीहरु दुईजनाको भेट यौटा औद्योगिक मेलामा भएको थियो । त्यस दिन बोल्ने व्यक्तिले उद्योगधन्दाको बारेमा यत्ती गहिरो विवेचना गरेको थियो कि, सुन्ने व्यक्ति उसको उद्योग र प्राविधिक ज्ञानबाट एकदम प्रभावित भएको थियो।

त्यसपछि अर्को दिन यौटा धार्मीक समारोहमा बोल्ने व्यक्तिले गिताको बारेमा खुब जोडदार व्याख्या गर्‍यो। सुन्ने व्यक्ति उस्को धार्मिक आस्था र नैतिक मान्यता देखेर ओतप्रोत भयो ।

त्यसको केहि समयपछि बोल्ने व्यक्ति यौटा साहित्यिक जमघटमा देखीयो । त्यहाँ बोल्ने व्यक्तिले साहित्यको उत्थानको बारेमा साहित्यकारले भन्दा पनि ओजपूर्ण र सारगर्भित भाषण दियो । सुन्ने व्यक्ति उसको साहित्य प्रतिको सदभाव र मिठासपूर्ण वचनले गद्‍गद् भयो ।

10 November, 2007

पेशा (लघुकथा)

ज बिहानैदेखी उ केहि चिन्तित देखिन्थ्यो , उसको अनुहारबाटै उसका मनका तरंग र मस्तिष्कमा तनावको लहर चलिरहेको अनुमान लगाउन सकिन्थ्यो । अत्यधिक चिन्ताका कारण ऊ निदाउन सकेको थिएन ।

आज बिहान मात्रै उसले आफना तिनजना पुराना साथिहरुलाई भेटेको थीयो । तिनै जना आ-आफ्ना क्षेत्रमा स्थापित भैसकेका र राम्ररी जीवन यापनमा लागेका थिए । बर्षौंसम्म बरालिएर हिडने मान्छे आज बर्षौं पछि पुराना मित्रहरुलाई भेटेर खुशी हुनुको बदला ऊ झन् दुखी देखी्न्थ्यो र आफूले केहि गर्न नसकेकोमा केहि पीडीत पनि ।

30 October, 2007

तीन सुत्र कथा

एक
मदिरा र नशालु पदार्थको रोकथामको लागि स्वदेशी ज्ञाताहरुको आयोजन र विदेशी दाताहरुको प्रायोजनमा एक दिने कार्यशाला गोष्ठि भयो । वुद्धिजीवी र गन्यमान्य व्यक्तिहरुले नशालु पदार्थको कूलतले समाजमा पारेको नकारात्मक प्रभाब वारे गहिरो चिन्ता व्यक्त गरे र समाधानको उपाय वारे वृहत विवेचना गरे । अन्तमा गोष्ठि सफल भएको ठहर गरियो र 'स्याम्पेन' फोरेर सभा विर्सजन गरियो ।

04 October, 2007

यहाँ यस्तै हुन्छ (सूत्रकथाहरु)


एक

यौटा भेडा पानीमा हामफाल्दा सय वटा भेडा पछि पछि हामफाल्ने कथा बिद्यार्थीलाई पढाएर शिक्षक कक्षाकोठा बाट बाहिर निस्केका मात्रै थिए । बाहिर बाटोमा ५-७ जना अगुवाको पछाडी हजारौंका संख्यामा झण्डा बोकेका मानिसहरु यन्त्रबत् 'जिन्दाबाद!' र "मुर्दाबाद" को नारा लगाएर हिडदै गरेको देखीयो ।

दुई

देशमा शान्ति बहाली गर्न भनी बिभिन्न समूहले बृहत शान्ती र्‍यालीको आयोजना गरे । र्‍यालीमा बिसाल जन सहभागीता भए पछी सो सफलताको 'जश' कसले लीने भन्नेमा भनाभन र बाद बिबाद भयो सोहि क्रममा मुठभेड र झडप हुदां एक सय भन्दा बढि मानिस र्घाईते भएको खबर साँझको पत्रिकामा निस्क्यो ।

तीन

आफ्नो देश भनेपछि हुरुक्कै हुने र देश भन्दा माथी केहि पनि हुनै नसक्ने बताउने केहि समूहले देशकोलागी 'एक' हुने ऐतिहासिक निर्णय गरे । देशलाई स्थाईत्व दिने र प्रगतिपथमा लम्काउने यौटा बेजोड योजना पनि आफूसंग भएको कुरा एकताबद्घ समूहका नेताहरुले प्रेस विज्ञप्ती मार्फत पत्रकारहरुलाई जानकारी गराए । पत्रकारहरुले उक्त "बेजोड योजना" को बारेमा अलि बढि प्रकाश पार्न अनुरोध गरे । एकताबद्घ समूहका नेताहरुले एकैछिन कानेखुशी र बिचार बिमर्श गरे अनी सो योजना हाल स्विकृतिको लागी बिदेश पर्ठाईएको र बिदेशबाट पारीत भएर प्राप्त हुनासाथ तुरुन्तै र्सार्बजनिक गरीने बताए ।

30 September, 2007

रक्सीको आदर्श (लघु कथा)

रातको समय, कम प्रकाश, बढि धूबाँ र विदेशी संगीतले भरीएको 'बार' को त्यो सानो कोठामा तीनजना भलादमीहरु देश बिकासको वारेमा 'गहन चिन्तन्' गर्दै थिए । जती जती बोतल रीतीन्थ्यो त्यती त्यती उनीहरुको राष्ट्र प्रेमका भावनाहरु पनि उजागार हुदैं थिए ।

" हेर ... देश त झन झन बरबाद हुदैँ जान लाग्यो ..." यौटा व्यक्तिले आफ्नो रित्तिन लागेको गिलास पूनः भर्दै चिन्ता व्यक्त गर्‍यो ।

"त्यै त! यौटा गतिलो नेता पनि भएन यहाँ , न त ईमान्दार नेता न त स्वच्छ राजनीती ...." चुरोटको धूवाँलाई गोलो पारेर उडाउँदैं दोस्रोले सहि थाप्यो ।

" सार्‍है चिन्ताजनक स्थिती पो भयो त देशको..." तेस्रो व्यक्ति दार्शनिक पारामा बोल्दै थियो "...मलाई यो जाँड रक्सी केहि मन पर्दैन ...तर के गर्ने ... देशको चिन्ताले गर्दा पिउने गर्छु.."

29 September, 2007

ई-श्राध्द (लघुकथा)

२०९६ सालको बैशाख महिना, काठमाण्डौको कुनै यौटा घरको कौशीमा एकजना शुद्ध वस्त्र धारण गरेका व्यक्ति आफ्नो वरीपरी पूजा सामाग्री र नैव्यद्य आदि राखी श्राध्दको तयारी गर्दै थीए। आवश्यक सबै सामाग्री र तयारी देखीएपनि त्यँहा पुरेत बाजेको भने उपस्थीती थीएन ।

त्यत्तीकैमा ति व्यक्तिले आफ्नो ल्यापटप कम्प्यूटर खोले र ताररहित प्रबिधिबाट अन्तर सञ्जालमा प्रवेस गरे । एकैछीनको अन्तरालमा उ डब्लु डब्लु डब्लु डट ई-कर्मकाण्ड डट कमको गृह पृष्टमा पुगीसकेको थीयो । त्यँहा उसले आवश्यक प्रयोक कर्ता नाम र प्रवेश शब्द भिडाएर "प्रवेश गर्नुस" भन्ने ट्‍‌याब मा थीच्ने बित्तीकै "अनलाईन कर्मकाण्डमा स्वागत छ" भन्ने वाक्य देखीयो।

लगत्तै उसले आफ्नो वेब क्याम मिलायो र 'सब उफर'को आबाज ठिक पार्‍यो। उसको कम्प्युटर पर्दामा एकजना श्‍वेत वस्त्र धारी अधवैसे उमेरका मान्छे देखा परे । " नमस्कार गुरु!" उसले दुई हात जोड्यो । "सब कुशल मंगल नै त होला नी !...." भन्दै उताबाट तुरुन्तै आसन ग्रहण गर्न भनीयो ।

25 September, 2007

Specialty (Short Story)

News was spread that a well-known scientist of the nation had invented a special kind of mirror.

By physical appearance, the "special mirror" looked similar to any other ordinary mirror, but rather than reflecting human faces, it produced different images whenever people watched their face in it.
The scientist stated that he would disclose the specialty of the mirror later, and arranged an open exhibition of his invention. Various peoples of different cultures and personal background attended the exhibition and watched the mirror. Not a single person's face was reflected in the mirror, and different people saw different images, unimagined lights, and color combinations in the mirror.

12 September, 2007

मूर्छीत संस्कार (लघुकथा)

त्यो गाँउमा बर्षौं देखि एकजना जमिनदारको राज चलेको थियो । थिचोमिचो को हद यत्ति सम्म थियो कि गाँउका हरेक चोक चोकमा जमिनदारका शालिक बनेका थिए र घर घरमा जमिनदारको तस्विर टाँगीएकै हुनु पथ्र्यो । गाँउमा जमिनदारको बोली नै कानून बराबर थियो र कसैले पनि त्यसको प्रतिकार गर्ने हिम्मत गर्दैनथे ।

विस्तारै गाँउमा स्वतन्त्र विचारको प्रवेश भयो र व्यक्ति पूजा को बिरोध र जनताको हकको लागी बिभिन्न गतिबिधिहरु शुरु हुन थाले ।

केहि शाहसी नेताको नेतृत्व, युवाहरुको जागरण र जनताको वितृष्णाको अगाडि जमिनदारको को केहि चलेन र अन्तमा उसले गाँउलेका घर खेत लगाएत सम्पूर्णा अधिकार फिर्ता गरे ।

मर्द (लघुकथा)

किसोर अबस्थाकै थियो, स्कुल जिवन मै उसको एकजना सहपाठीले उसलाई एक दिन चुरोट खान उक्सायो। शुरुमा उसले मनाहि गर्न खोज्यो तर उ भन्दा केहि ठूलो उसको साथीले सिधै उसको हीम्मतलाई लकार्‍यो : " चुरोट खान पनि के केटी जस्तो लजाएको ?", उसको साहश बढ्यो र उसले चुरोट तान्न शुरु गर्‍यो । चुरोट तान्दा अली अली खोकी लाग्थ्यो तर प्रत्येक चुरोट सल्काउँदा उ आफूलाई ठूलो मान्छे भएको ठान्थ्यो ।

केही समयको निरन्तरता पछी उसलाई चुरोटले मजा दिन छाड्यो, अनी एकदिन अर्को यौटा साथीले उसलाई गाँजा तान्न सुर्‌यायो। उसले आनाकानि गर्‍यो तर साथीले उसको पौरुषमा प्रहार गर्‍यो : " चुरोट त स्वास्नी मान्छेले पनि खान्छन् शिव बुटी तान्ने पो केटा त" उसको पौरुष जाग्यो र उ बिस्तारै चुरोट संगै गाँजा पनि तान्न थाल्यो । गाँजाले शरिर कमजोर बनाउँदै लग्यो तर पनि हरेक कस गाँजा तान्दा उ आफैलाई पूर्ण पुरुष भएको मान्दथ्यो ।