प्रविधिले बेला-बेलामा गर्ने ठट्टाको बारेमा मैले अघिल्लो पोस्टमा पनि केही कुरा लेखेको थिएँ । त्यो पोस्टमा कम्प्युटर अनि कम्प्युटर सफ्टवेयर वा एप्लीकेसनले गर्ने मजाकको बारेमा केही कुरा र स्क्रिनशटहरू राखेको थिएँ ।
वास्तवमै कम्प्युटर सफ्टवेयर वा एप्लीकेसनले समय समयमा रमाइलै मजाक गर्छन् ( म आफू कम्प्युटर सँग बढि चल्ने भएकोले मलाई मात्रै यस्तो गर्छ कि, त्यो चाहीँ भन्न गाह्रै छ) । यो पोस्टमा पनि म विभिन्न समयमा कम्प्युटर चलाउँदा भेटिएका-देखिएका र लिइएका त्यस्तै केही स्क्रिनशटहरू राख्दै छु :
ल हेर्नुस्, मलाई मेरो कम्प्युटरले गरेको यस पटकको पहिलो ठट्टा । एकदिन काम गर्दे गर्दा एउटा ठूलो साइजको फाइल हार्डडिस्कबाट पेन ड्राइवमा कपि गर्नु थियो । तर निकै समय भइसक्दा पनि यो कपि गर्ने काम नसक्केकोले, के भए छ त भनि Task Manager खोलेर हेर्दा यस्तो देखियो :
हैन बाबा, कुनै पनि काम १००% भएपछि त सकिन्छ हैन र ? तर खै मेरो कम्पयुटर ६००% कपि गरिसकेपछि पनि अझै कपि गर्न मै व्यस्त थियो (था’छैन मलाई झुक्याएर के के कुरा कपि गर्दै थियो उ आफैँले ।
मलाई थाहा छैन, तपाईँ आफ्नो कम्प्युटरमा के कस्ता सफ्टवेयरहरू चलाउनुहुन्छ। तर म भने प्राय: आफ्नो कम्प्युटरमा नयाँ नयाँ र विभिन्न सफ्टवेयर वा एप्लीकेसनहरू थपि रहन्छु । सफ्टवेयर इन्सटल गर्ने बेलामा सधैँ जस्तो विभिन्न सफ्टवेयर निर्माताले तय गरेका करार, संझ्यौता वा end-user license agreement मा सहमत छु भनेर टिक मार्क लगाउनु पर्ने हुन्छ । हुन त त्यो end-user license agreement मा के-के लेखिएको हुन्छ भनेर कसैले पढ्दैनन् (म पनि पढ्दिन) र सिधै Yes>>Next>>Next गरेर सफ्टवेयर इन्सटल गर्छन् । तर एकदिन कुनै सफ्टवेयर हाल्न खोज्दा “Yes”, “No” भन्दा अलिक बेग्लै लाइन देखेर Next>>Next नदबाइ यसो हेरको त यस्तो लेखेको रै’छ:
आम्मा...मा, "I authorize you to slap me if I violate the terms above" रे । जे होस आफूलाई सफ्टवेयर हाल्न हतार थियो त्यसैले ‘चडकन खान मञ्जुर’ गरेर भएपनि इन्सटल गरियो सफ्टवेयर ।
अर्को एकदिन अफिसमै बसेर अर्का एकजना सहकर्मीको याहू आइडी बनाउने बेलामा पनि रमाईलो कुरो देखियो । साथीले याहू बनाइदिन भने र म उनले भने बमोजिम याहूको फर्म भर्दै थिएँ । मैले उनको जन्मदिन सोध्दा, उनले तिथि मिति त बताए र साल भने इश्वी सम्बतको साटो विक्रम संबतको बताएछन् ...मेले पनि हतार-हतार उनको विक्रम सम्बतको जन्म साल याहूमा भरेँ। हेर्नुस त याहूले मलाई कस्तरी जिस्क्यायो :
"Are you really from the future ?" रे, हेर्नुस न फेरि ‘हो’ भन्न पनि नमिल्ने ।
अर्को एउटा भने, मजाक भन्दा पनि ठूलो गल्ति नै हो । तपाईँहरू कतिजनाले याद गर्नु भएको छ कुनि, ईन्टरनेटमा रहेका धेरै डोमेनहरूले नेपाली समयको बारेमा एउटा गलत आँकडालाई पच्छाइरहेका छन् । पहिला पनि केही साइटहरूमा यस्तो देखेको थिएँ । आज एकजना सहयात्री ब्लगरको ब्लगमा कमेन्ट लेख्न लाग्दा अचानक आँखा पर्यो ....अनलाईन फोरम ब्लग र अन्य साइटहरूमा कमेन्टलाई नयाँ र सरल रूप दिने Disqus ले पनि त्यसै गरेको रहेछ। हेर्नुस त:
नेपालको समय UTC वा Coordinated Universal Time भन्दा ५ घन्टा ४५ मिनेट चाँडो छ । तर याद गर्नु भयो ?, माथिको स्क्रिनशटमा ५:७५ लेखिएको छ । हैन भन्या, ७५ मिनेट पनि कहिँ हुन्छ र भन्या। ७५ मिनेट भयो भने त १ घन्टा १५ मिनेट भइ हाल्छनि हैन ?। तर मजाक जारी छ आजसम्म पनि Disqus को सेटिङ्गमा गएर हेर्नु भयो भने नेपाली टाइम लाई UTC+5:75 नै लेखेको देख्नुहुन्छ। त्यति मात्रै हो र, संसारभरी कै समयको सूचना दिने साइट http://www.theworldtime.net/ मा गएर तपाईँले काटमाण्डौ बाहेकका कुनै पनि नेपाली सहरको समय हेर्नु भयो भने पनि यस्तै देखिन्छ:
लौ, अर्काको साइट अब के गर्ने? । यस्ता मजाक अरू पनि छन्, बाँकी पछि ….।
(यी सबै स्क्रीनशटहरूमा कुनै चलाखी गरिएको छैन । मतलब सबै तस्बिरहरू वास्तविक हुन र यसलाई कुने इमेज इडिटरले म्यानुपुलेट गरिएको छैन )।
यसलाई बल्ल "ब्लग राइटिङ्ग" भनिन्छ । धन्यवाद दिलिपजी ! पढ्दा अति मज्जा लाग्यो । लेख्न नछाड्नु होला । :)
ReplyDeleteसाच्चै यही हो सुन्दर ब्लग लेखन। सधै भोगेका तर ख्याल नगरिएका यस्ता कुराहरुमा ध्यान पुराउनु ठूलो कुरा हो। मैले चाहिँ याहू नचलाएको र नयाँ एकाउन्ट खोल्न नपरेको ले याहूको त्यो मजाक थाह थिएन। तर मलाइ चाहिँ गजबै लाग्यो.. बास्तबमै राम्रो लाग्यो यसपालीको यो जानकारी..
ReplyDeleteराजाज्ञा र कम्प्युटरको बुद्धी अकाट्य हुन्छन्, ध्रुवसत्य हुन्छन् झैँ लाग्थ्यो पहिला पहिला, होइन पो रहेछ त है !! यस्ता रोचक कुराहरु देख्न पाइदो रहेछ कम्प्युटर चलाऊने क्रममा । अब त मलाई पनि ध्यान दिएर हेर्न मन लाग्यो कम्प्युटरको गतिबिधी !!
ReplyDeleteडिस्कसको टाइम सेटिंगमा नेपालको समय +५.७५ भनेको छ, मेरो बुझाईमा ०.७५ भन्नाले ६० मिनेटको ७५% हो, जुन ४५ मिनेट हुन जान्छ | भारतको समय +५.५ भनेको छ, त्यो भनेको पाँच घण्टा र आधा घण्टा हुनुपर्छ, यस हिसाबले त्यो गलत होइन जस्तो लाग्यो, होइन र??
ReplyDeleteअजय जी, तपाईँले भन्नु भएको सहि हुनसक्छ । तर पनि समयलाई घन्टा र मिनेटमा नदिई प्रतिशतको आधारमा देखाउने तरिका पक्कै पनि ठीक हैन । किनकी मानिसहरूले सामान्यतया Coordinated Universal Time सँगको समय भिन्नता हेर्दा UTC+ XX :YY लाई घन्टा र मिनेट नै मानेर हेर्छन् । भिन्न बुझाइ सहितको कमेन्टको लागि धन्यवाद् ।
Deleteदिलिपजी तपाइ आफैले लेखेको हेर्नुस त ! ५.७५ लाई ५:७५ लेख्नुभएको छ । गणितमा ५ घण्टा ४५ मिनट लाई ५.७५ घण्टा नै लेखिन्छ ।
Deleteहा हा ! रमाइलो कुरा देखिन्छ कहिलेकाँही !
ReplyDeletereally !!! computer also can do jokes... . useful post. wonderful and best blog.
ReplyDeleteनिकै रमाइलो लागे इन्टरनेट संसारका ठट्टा र भुल। कम्प्युटर र इन्टरनेटको भर पर्दा डुबिएला, यस्तै सिकायो यो टाँसोले ।
ReplyDeleteWe are a group of volunteers and starting a new scheme in our
ReplyDeletecommunity. Your web site offered us with valuable information to work
on. You have performed an impressive process and our entire neighborhood will probably be thankful
to you.
my website - last minute hotels las vegas nv
This comment has been removed by a blog administrator.
ReplyDeleteThis comment has been removed by a blog administrator.
ReplyDelete